default_image

अन्य

December 22, 2019

माल्दिभ्समा प्रतिभाको टिम पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी  महत्वपुर्ण सदस्य प्रतिभा मालीको पुलिस टोली माल्दिभ्स लिग भलिबलमा च्याम्पियन बनेको छ ।  शनिबार राति भएको फाइनलमा प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न […]

December 21, 2019

रशिला र जेसिकाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स  सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित […]

December 21, 2019

सागका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ  स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै […]

December 21, 2019

जगत मन्दिर र लाइसियमलाई माफ भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।  जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गल्र्सको चौथो संस्करण हो । माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्‍यो  । लाइसियमले […]

December 21, 2019

भुपेन्द्रललाई एसियाली ग्रान्ड स्लाममा रजत, मिनु फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो ।  […]

December 21, 2019

माल्दिभ्समा प्रतिभाको टोली फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा मालीको क्लबले माल्दिभ्स लिग भलिबलमा शनिबार फाइनल खेल्दैछ । प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोसँग प्रतिस्पर्धा गर्दैछ । लिग खेल्ने टोलीले माल्दिभ्स बाहिरका एक खेलाडीलाई टोलीमा राख्न पाउने प्रावधान छ । जसमा प्रतिभा पुलिस टोलीमा आबद्ध भइकी हुन् । वाम्कोमा थाइल्यान्डकी […]

December 21, 2019

काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी छिन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् । उनले यसअघिको लगातार दुई संस्करणमा च्याम्पियन बनेकी थिइन् । काठमाडौं म्याराथनमा समग्रमा उनको यो पाँचौ उपाधि […]

December 21, 2019

काठमाडौं म्याराथनः हाफ म्याराथनमा राजन र पुर्ण लक्ष्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको काठमाडौं म्याराथन अन्तरगतको हाफ म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाउदा राजन रोकाया च्याम्पियन बनेका छन् ।  त्रिपुरेश्वस्थित दशरथ रंगशाला परिसरबाट शुरु भएको हाफ म्याराथनमा राजनले निर्धारित दुरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बने । दोस्रो भएका आर्मीकै हरि कुमार रिमालले १ घन्टा ११ मिनेट […]

December 21, 2019

काठमाडौं म्याराथनः ५ किलोमिटरमा अजित र सरस्वती च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको काठमाडौं म्याराथन अन्तरगतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेकी छन् ।  त्रिपुरेश्वस्थित दशरथ रंगशाला परिसरबाट शुरु भएको ५ किलोमिटर दौड विभागीय नेपाल एपीएफ क्लबका अजितले १७ मिनेट १९ दशमलव ९१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेको हो । […]

December 20, 2019

गौरिका र श्रृखंला सद्भावना दुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडी खेलाडी गौरिका सिंह र पूर्व मिस नेपाल श्रृखंला खतिवडा प्रदेश ३ को सद्भावना दुत नियुक्त भएका छन् । भ्रमण वर्ष २०२० का लागि प्रदेश सरकारले गौरिका र श्रृखंलासँग शुक्रबार सद्भावना दुत नियुक्त गरेको हो । १७ वर्षे […]

Success

Thank you for your time.