January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो । […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगितामा तेस्रो भएको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो । गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच खेल हुँदैछ । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा दिउसो १ः३० बजेपछि शुरु हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिज यू १९ को फाइनलमा पराजित भएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हालमा शनिबार भएको प्रिन्स एकलतर्फको फाइनलमा भारतका मिरबा लुवाङ्गसँग पराजित भएका थिए । प्रतियोगितामा मिरबा शीर्ष वरियता र प्रिन्स दोस्रो वरियतामा रहेका थिए । मिरबाले प्रिन्सलाई २१–१६,२१–२३ र […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेको छ । जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई रिलायन्स पब्लिक स्कुललेसम्मान प्रदान गरेको छ । बुढानिलकण्ठ ११ कपनमा रहेको रिलायन्सले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर मा सागमा करातेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबलमार्फत रजत जित्ने माया स्याङ्तान र ब्याडमिन्टनतर्फ कास्य पदक जित्ने जेसिका गुरुङलाई नगदसहित सम्मान गरेको […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो पदक जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनकी रजत पदक विजेता लक्ष्मी बनलाई शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार सम्मानित गरेका छन् । शिखरदिपले आफ्नो बार्सिक साधारणसभाको अवसरमा दोहोरो स्वर्णपदक विजेता मन्डेलाई २५ हजार रुपैया र रजतपदक विजेता भारोत्तोलनकी लक्ष्मीलाई १० हजार रुपैयाले सम्मानित गरेको […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फेरि पनि होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्ला दुई संस्करणमा पनि यी दुई टोली नै फाइनलमा भिडेका थिए । जसमा दुवै टोलीले एक एक पटक उपाधि जितेका थिए । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लगातार तेस्रो पटक होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । न्यु डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग एपिएफले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । गोंगाबु बालाजु बसपार्क नजिकको कोर्टमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शनिबार पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै एपिएफ […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई शुक्रबार आफ्नै क्लबले आयोजना गरेको न्यु डायमण्ड कप प्रतियोगितामा दर्शकहरुको एक समूहबाट सम्मानित भएका छन् । भोजपुरको राई समूहले प्रशिक्षक राईलाई थप हौसला स्वरुप नगदसहित सम्मानित गरेको हो । भलिबलमा अनवरत रुपमा लाग्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै कुमार थुलुङ राईको […]