May 2, 2024
हिमाल खरेल,इटहरीतेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए । आज बिहीबार […]
May 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। रुपेशले बुधबार फाइनलमा क्याण्डिडेट मास्टर मिलन लामासंगको क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको दुबै खेलका […]
May 1, 2024
हिमाल खरेल,मोरङ ओलम्पियन रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियाका साथै नेपालका खेलाडीहरु ओलम्पियन कार्यक्रमस्थल आइपुगेका हुन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले ८ जना ओलम्पियनलाई […]
April 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा दोस्रो योर पेस किप फिट सक्र्रिट यसै साताबाट सुरु हुने भएको छ । एनआरएस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्वस्थ रहनका लागि दौड आवश्यक रहेको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण सुरु गरिएको बताइएको छ । बिहीबारबाट सुरु हुने प्रशिक्षण जेठ १४ गते सम्म सन्चालन हुने मंगलबार पत्रकार […]
April 30, 2024
ललितपुर (हाम्रो खेलकुद) – काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनलमा पुगेका छन् । मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारी संग सेतो गोटीबाट सुरु गरेका थिए । खेल प्रतिस्पर्धात्मक बन्यो । क्षितिले गल्तीका कारण हारे । दोश्रो खेल कालो गोटीबाट शुरु गरेका उनलाई […]
April 30, 2024
धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेशलाई मंगलबार भएको फाइनलमा ४–१ गोलले हराउँदै आर्मी च्याम्पियन बनेको हो । धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ तथा सिमा खड्का र कमला चन्दले समान १ गोल गरिन् । गण्डकीका लागि सीता […]
April 30, 2024
हिमाल खरेल, बिर्तामोड तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा पुनर्बहाली भएका छन् । बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो । उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएसँगै उनी हालका सदस्य सचिव हंशराज वाग्ले भने […]
April 30, 2024
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]
April 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गत साता लण्डन म्याराथनमा भाग लिएका धावक गोपी चन्द्र पार्की सोमबार स्वदेश आइपुगेका छन् । नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।अघिल्लो साताको आइतबार भएको लण्डन म्याराथन गोपीले २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । लन्डनमा नेपालीहरुबाट न्यानो माया र स्वागत पाएको गोपीले बताए […]
April 29, 2024
ललितपुर (हाम्रो खेलकुद) – मिलन लामा, क्षितज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवाल नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । चौथो दिन सोमबार सातौं चरणको खेल सम्पन्न शीर्ष ४ खेलाडीले २ लाख ५४ हजार ९ सय रुपैयाँ बराबरको यामाहा सलुटो मोटरसाइकलका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल लोकतान्त्रिक खेलकुद […]