March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । बर्लिनमा शुक्रबार राति भएको पुरुष यु–१९ एकलको प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ को सेटमा पराजित भएको हो । सुरुको सेट २१–१८ ले जितेपनि त्यसपछिको दुवै सेट प्रिन्सले १२–२१ र १२–२१ ले गुमाएको टिम म्यानेजर […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाका सन्जुविक्रम शाह र होम पुनको जोडी न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै एपीएफका विजय थापा र राजकुमार निरौलाले पनि अन्तिम चारमा स्थान बनाएको छ । बालुवाटरस्थित आयोजक न्युटन हाइ स्कुलमा भएको खेलमा विजय र राजको जोडीले छन्त्याल समाज म्याग्दीका […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भावना सुनुवार र विपना ब्लोनले पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा शुक्रबार भएको खेलमा भावनाले अस्मिता नगरकोटीलाई सोझो सेटमा तथा विपनाले स्वस्थानी श्रेष्ठमाथि ३–१ को सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा भावनाले अस्मितामाथि ११–२, ११–० र ११–३ को […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गल्फतर्फ पदक जित्ने खेलाडीहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको छ । सागमा गल्फतर्फ सुवास तामाङले एकलतर्फ स्वर्ण तथा शुक्रबहादुर राईले कास्य पदक जितेका थिए । त्यस्तै पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण जित्दा महिलातर्फ कास्य हासिल गरेको थियो । पुरुषटिममा सुवास र […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुग्न सफल भएका हुन् । बर्लिनमा शुक्रबार भएको पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार स्याङ्जालाई स्तब्ध पार्दै बाग्लुङले सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार राति तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको खेलमा स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै बाग्लुङले उपाधि जितेको हो । स्याङ्जामा सन्जुविक्रम शाह, हरि पाण्डे, कमल सुनार, योकेन्द्र […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)- मौसम राना मगर र सुष्मा तामाङ बिर गणेशमान सिंह बक्सिङ च्याम्पियनसिपको छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भक्तपुरको सानोठिमीस्थित मध्यपुर युथ एसोसियनको मैदानमा भएको प्रदेश २ र बागमती प्रदेश छनोटमा पुरुषतर्फ मौसम र महिलातर्फ सुष्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । योसँगै काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगिताको प्रदेश २ र बागमती प्रदेशको […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ च्याम्पियन बन्न सफल भएको हो । आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल र्याफ्टिङ एण्ड […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (नोभल कोरोना भाइरस) का कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्यक्रम अर्को […]
March 5, 2020
इनरुवा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको इनरुवा रात्रिकालिन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीस्थित इनरुवामा बुधबार राति भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले पछिल्लो एक सातामा दोस्रो उपाधि जित्न सफल भएको हो । यसअघि आर्मीले […]