June 26, 2024
पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । समूह ‘बी’ बाट नेपाल पुलिस क्लब विजेता र गण्डकी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीले […]
June 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामाआइतबार भएको कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष […]
June 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अभिक शाहले हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा ७ राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् । शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि […]
June 23, 2024
ललितपुर (हाम्रो खेलकुद)- राजन पुरीले प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हारका साथ ८ अंक जोडे । उनले ७ हजारसहित ट्रफी प्राप्त गरे। खुल्ला बुद्धिचाल ब्लिज प्रतियोगितामा श्रीलंकाकी महिला खेलाडी डब्लुआइएम सचिनी रनासिंघे […]
June 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित शीर्षस्थानमा रहेका छन् जेम्स स्कुलका १८२५ रेटिङका अभिकले गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तिसपुतलीमा आयोजित एसईई कपमा मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै ४ अंक बनाएका हुन् । शीर्ष […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेकी छिन् । राजपुरा १ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरकी थिइन्।नेपाल एपिएफ क्लब पुष्पा भण्डारी तेस्रो भइन्। १ घण्टा २५ […]
June 21, 2024
काठमाडौ (हाम्रो खेलकुद)- सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् । भुवन नगरकोटी र निरज तामाङलाई शुक्रबार २ स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका हुन्। आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६-अन्डर २ सय ७२ […]
June 21, 2024
सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]