July 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल […]
July 3, 2024
हिमाल खरेल,बिर्तामोडझापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ । बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले जानकारी दिए । २ करोड रुपैयाँको लागतमा बन्दै गरेको स्विमिङ पुलको निर्माण बैशाख ५ गतेदेखि सुरु भएको हो । विद्यालयका विद्यार्थीलाई पौडी प्रतियोगितामा […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानो थिमी क्लबलाई २४–५ गोलले पराजित गर्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुर क्लब तेश्रो भयो । प्रतियोगितामा सहभागी ४ […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १ सय […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलाडीलाई हौसला दिने कार्यका लागिनेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। विश्व खेलकुद पत्रकार दिवसका अवसरमा मंगलबार आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । खेलकुद पत्रकारले प्रोफाईल र स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग […]
July 1, 2024
मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]
July 1, 2024
मेलबर्न – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नी र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) ले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ । म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला […]
July 1, 2024
काठमाडौ (हाम्रो खेलकुद)-युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि-रानबीच आज सिओलमा भेटवार्ता भएको छ। भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरियो खेलकुद मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ […]
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठबाट जानकारी प्राप्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बताएको छ। भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा […]
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् । श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास […]