November 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । कार्यक्रम जुमको माध्यमबाट ‘भुर्चअल’ हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरू विभिन्न विषयमा आफ्नो मन्तब्य राख्ने छन् । नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण […]
November 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारामा ब्याडमिन्टनको इतिहासमा नै सर्वाधिक पुरस्कार राशीको ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा २१ मंसिरदेखि प्रतिस्पर्धा गराईने आयोजक तोप–२१ […]
November 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन एवंम् दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता दीपक विष्ट कोरोना संक्रमण पुष्टी भएयता होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नी १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य भने कोरोना संक्रमणबाट मुक्त भइसकेकी छिन् । दुवैलाई कोरोना संक्रमण पुष्टी भएबाट होम आइसोलेसनमा बसेका हुन् । आफूलाई मंसिर ३ […]
November 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा समावेश गरिएको करातेको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीलाई मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित खेलकर्मीले संयुक्त रुपमा खेल सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि […]
November 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सो सम्बन्धी सम्झौता पत्रमा नक्सालस्थित जि मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरे । हाल तीन वर्षका लागि सम्झौता गरिएको […]
November 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) मा नेपाली ब्याडमिन्टनको क्रेज बढ्न थालेको छ । नेपाली ब्याडमिन्टन कम्युनिटीका उदियमान खेलाडीहरुले नोभेम्वर ६ देखि २१ सम्म सञ्चालन भएको योनेक्स सटल टाइम दुवई क्लब च्याम्पियनसिपमा विभिन्न क्लबमार्फत आकर्षक खेल पस्कदै लेभल ‘ए’, ‘बी’ र ‘सी’ सँगै महिला सिंगल्स्मा पनि उत्कृष्ट खेल पस्केका थिए । ज्ञानु माया […]
November 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् । सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन […]
November 21, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । ओलम्पिक छनोटको रुपमा रहेको छैटौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की ओलम्पिकलाई छनोट हुन सफल भएको हुन् । टोकियो […]
November 21, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले छैटौं धारा नेपालगन्ज म्याराथनतर्फ महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी […]
November 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – डोटा टोली माई रिभेन्जले १२ औं ई-स्पोर्ट्स विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । गत वर्ष आयोजना भएको दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको विजेता समेत रहेको माई रिभेन्जले दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगितामा जित हासिल गर्दै विश्व च्याम्पियनसिपका लागि छनोट भएको हो । नेपालले छनोटमा भारत र श्रीलंकालाई पराजित गरेको हो […]