default_image

अन्य

December 9, 2020

ओलम्पिक कमिटि अन्तरगतको महिला कमिसनको अध्यक्षमा पुनः राणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीअन्तर्गतको महिला कमिसनको अध्यक्षमा ज्योति राणा पुन अध्यक्षमा चयन भएकी छन् । नेपाल ओलम्पिकले बुधबार ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय महिला कमिसन गठन गरेको हो । कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, […]

December 8, 2020

पदक विजेता र ओलम्पियन भन्छन् – ‘प्रोत्साहन भत्ता किन रोकियो थाहा छैन’

काठमाडौं (हाम्रो खेलकुद) – धावक वैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा तीन दशक भन्दा अघि बनाएको कीर्तिमान अहिले सम्म तोडिएको छैन । साग तत्कालिन साफको तेस्रो संस्करण (सन् १९८७) मा मानन्धरले २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा दौड पुरा गर्दै कीर्तिमान रचेका थिए । ३३ वर्षे अघि बनेको त्यो कीर्तिमान तोड्न अहिलेका खेलाडीलाई […]

December 8, 2020

अभिषेकलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरासुन्दरीका अभिषेक गुरुङले तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधि जित्न सफल भएका छन् । तोप – २१ को आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको फाइनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९ र २१–१५ ले पराजित गर्दै उपाधि जितेका हुन् । अभिषेकले जितका साथै […]

December 8, 2020

नेपालगन्जमा हाप्किडो सेमिनार सम्पन्न

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल मार्सल आर्ट हाप्किडो संघ सहयोगमा बाँके जिल्ला संघले आयोजना गरेको चौथो राष्ट्रिय इन्सट्रक्टर, सेल्फ डिफेन्स एजुकेसन, लिडर सिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ । केन्द्रीय संघका अध्यक्ष काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । नेपालगञ्ज रंशालामामा भएको कार्यक्रमको उद्घाटनमा लुम्बिनी प्रदेशका […]

December 7, 2020

राई पहिलो नेपाली महिला भलिबल अन्तर्राष्ट्रिय रेफ्री

काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रबदना राई नेपालबाट पहिलो अन्तर्राष्ट्रिय महिला भलिबल रेफ्री बनेकी छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभिबी) ले राईलाई अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटबाट अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख छ । राई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख भएपनि संघलाई आधिकारिक रुपमा पत्र आउन बाँकी रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र […]

December 7, 2020

पारा तेक्वान्दोमा कविराजको अर्को फड्को

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा […]

December 7, 2020

सिकागो ओपनमा चार नेपाली खेलाडीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले समान २ पदक जित्दा राजु र प्रेमकुमारले १/१ पदक जितेका […]

December 7, 2020

पौडी प्रशिक्षक कार्कीलाई बिदाई तथा सम्मान

हाम्रो खेलकुद) – पौडीका बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रही उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, पौडीपोखरीका प्रमुख टार्जन सुब्बा, राष्ट्रिय टिम तयारीका प्रमुख […]

December 5, 2020

नवौं राष्ट्रिय खेलकुद आयोजना – राखेप ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्ख र हेरको नीतिमा रहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । हरेक २ वर्षमा आयोजना हुने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको नवौं संस्करण यहि वर्षको फागुन २१ देखि २८ गते सम्म गण्डकी प्रदेशमा तय भएको थियो । तर, झन्डै ९ महिनादेखि कोभिड कोभिड […]

December 5, 2020

भलिबल खेलाडी ओमप्रकाशलाई झन्डै ९ लाख हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि झन्डै ९ लाख सहयोग रकम हस्तान्तरण गरेको छ । फ्यान्स क्लबले अभियानमार्फत संकलन भएको रकम तेस्रो चरणसम्ममा ओम प्रकाशलाई ८ लाख ९० हजार २ सय १२ रुपैया हस्तान्तरण गरिएको फ्यान्स क्लबका अभियन्ता लक्ष्मण काप्रीले जानकारी गराए । […]

Success

Thank you for your time.