December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिता अन्तरगतको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा प्रफुल र रुकेशको जोडीले पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रफुल र रुकेशको जोडीले २१–१६ र २१–१६ […]
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा आयोजना हुने भएको छ । कोरोना भाइरस कोभिड १९ का कारण यसपटक अवार्ड यसअघिको समय भन्दा निकै पछि हुन लागेको आयोजक नेपाल खेलकुद पत्रकार मन्चले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विगतमा विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को आसपासमा अवार्ड […]
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अनुरोध गरेका छन् । राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित एनओसी कार्यालय पुगेका थिए । […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको फाइनलमा विश्व जुनियर वरियताको ११औं स्थानमा रहेका तथा ब्याडमिन्टन एशियाका उत्कृष्ट जुनियर खेलाडी प्रिन्सले विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको सैनामैनामा दुईदिने प्रथम सैनामैना राष्ट्रिय खुल्ला पुरुष डबल्स तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । सैनामैना ब्याडमिन्टन क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता शनिबार र आइतबार हुनेछ । प्रतियोगितामा विभाागीय टोली, विभिनन जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागिता रहनेछ । प्रतियोगितामा योनेक्सको माभिस–३५० नाइलन सटलकक प्रयोग हुनेछ । […]
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली ब्याडमिन्टन टोलीका लागि सामान खरिद गर्दा भएको अनियमिततामा दोषी उपर कारवाही हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । दोषीमाथि कारवही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशन कुरिरहेको उल्लेख गर्दै सिलवालले १३ औं सागको हिसाब […]
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टनको उपाधि जितेका छन् । विधान र विशालको जोडीले वाणगंगाका राजु थापा र विनोद पौडेलको जोडीलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विधान र विशालको जोडीले राजु थापा र विनोद पौडेलको जोडीलाई २१–१६ र २१–७ ले पराजित […]
December 10, 2020
पोखरा (हाम्रो खेलकुद)– एसियाली खेलकुदका रजत पदक विजेता युकेश गुरुङ र विशाल थापासहित पोखरामा क्रियाशील ८ प्यारा पाइलटलाई व्यावसायिक उडान गर्नबाट अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले उडानको क्रममा नियम विपरित कार्य गरेको आरोपमा उनीहरु माथि प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयर स्पोर्टस संघसँग नियम विपरित कार्य गने प्यारा […]
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौं सस्करण निर्धारित मितिमा नहुने लगभग पक्का भएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले फागुनमा गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएपछि नवौ निर्धारित मितिमा नहुने लगभग […]
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको प्रि–क्वाटरफाइनलमा सेनाका गोकुल जोरालाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले अन्तिम आठको यात्रा तय गरेका हुन् । […]