January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आठौं पर्वतीय खेलकुद महोत्सव फागुन तेस्रो साता आयोजना हुने भएको छ । आयोजक माउन्टेन स्पोर्टस फेडेरेसनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट शुरु हुने जानकारी गराएको हो । गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवमा विभिन्न १५ खेलहरुको प्रतियोगिता हुने फेडेरेसनले जनाएको छ । महोत्सवमा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, […]
January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि होटल क्राउन प्लाजासंग सह प्रयोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लामो समयदेखि अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्दै आएको क्राउन प्लाजाले सम्झौतालाई […]
January 4, 2021
सुर्खेत (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को हालै भएको सदस्य सचिव नियुक्तीको विषयमा लिखत पेश गर्न आदेश दिएको छ । सदस्य–सचिव नियुक्ति कानुन सम्मत नभएको भन्दै परेको उजुरी उपर सोमबार प्रदेश सरकारलाई नियुक्तिको सक्कल लिखत पेश गर्न उच्च अदालतले आदेश दिएको हो । नियुक्ति गर्न प्रदेश सरकारले […]
January 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनमा यसै साता टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । च्यालेन्ज शनिबार आयोजना हुने संघले जनाएको छ । नयाँ खेलाडीलाई प्राथमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागिएको संघले जनाएको छ । च्यालेन्ज काठमाण्डौको टोखा, कीर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय […]
January 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व गल्फ टिचर महासंघ (डब्लुजीटिएफ) ले नेपालका व्यावसायिक गल्फर सचिन भट्टराईलाई सन् २०२०-२१ को शीर्ष १ सय गल्फ प्रशिक्षक सुचिमा सामेल गरेको छ । संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई लामो समयदेखि रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प संचालन गर्दै आइरहेका छन् । भट्टराईकै प्रशिक्षणमा प्रतिमा […]
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कमल श्रेष्ठ र जितबहादुर बोटले दास्रो आइओएफटिसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा सन् २०२० डिसेम्बर १० देखि २५ सम्म भएको च्याम्पियनसिपमा कमलले यू ४० र जितले यू ३० मा स्वर्ण पदक जितेका हुन् । कमल गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण […]
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको पिपल्स च्वाइसको मनोनयनमा परेका करातेका मन्देकाजी श्रेष्ठलाई जिताउन ललितपुरको लगनखेलमा रहेको लगनखेल डोजोले सहयोग गरेको छ । डोजोले खेलाडी, प्रशिक्षक र समर्थकबाट उठेको रकम शनिबार एक कार्यक्रमका बीच मन्देकाजीलाई हस्तान्तरण गरे । मनोनयनमा परेका खेलाडीहरुले आफुलाई भोट गरेर जिताउनका […]
January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दोर्की राजु क्षेत्रीलाई त्यहाँको न्याय मन्त्रालयले सम्मान गरेको छ । अपराध रोकथाम र स्थानीय समूहदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो । न्याय मन्त्रालयबाट सम्मानित हुने क्षेत्री पहिलो नेपाली भएको बताइएको छ । मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर […]
January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन खेलाडी उत्पादनका लागि काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) स्थापना भएको छ । सन् २०२१ को पहिलो दिन शुक्रबार आयोजित कार्यक्रममा केबिए स्थापनाको घोषणा गरिएको हो । राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहेकी रीता अधिकारी विष्टको अध्यक्षतामा केबिए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् । त्यस्तै २०३७, […]
January 1, 2021
काभ्रे (हाम्रो खेलकुद)– अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोडमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकको बिहीबारको औपचारिक उद्घाटन भएको छ । सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्रयाक निर्माण गरिएको छ । अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ मिटरको […]