January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन्। कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् । अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् । मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा मंगलबार सम्मानित भएका हुन् । ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास लेखाएका छन्। नेपालमा […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मगंलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा श्रेष्ठलाई वर्ष उत्कृष्ट प्रशिक्षक चुनिएको हो । उनले उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । सुवासले तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन् । तामाङले सागमा एक र टिममा गरी दुई […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोली टिम अफ द इयर २०७६ घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा महिला टोलीलाई टिम अफ द इयर घोषित गरिएको हो । गत वर्ष दुई ठूला सफलता हासिल गरेको गरेको महिला टोलीलाई टिम अफ द इयरको हकदार बनायो । गत […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेर मंगलबार निधन भएको हो । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको एनओसीमा कार्यरत निरज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका २ छोरा र १ छोरी छन् ।
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ कराते प्रशिक्षक हिरा सिंह डंगोलले करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव स्तरीय निर्णय अनुसार सोमबार डंगोललाई करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर वि.क.ले मंगलबार डंगोललाई नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् । काठमाडौं जिल्ला खेलकुद […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६ को १७ औं संस्करण मंगलबार आयोजना हुँदैछ । कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुने मञ्चले जनाएको छ । सीमित व्यक्तित्वको उपस्थितिमा अवार्ड आयोजना हुदैछ । कार्यक्रममा अवार्डका विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार […]
January 11, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवार हुने भएको छ । मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि म्याराथनसँगै महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समावेश गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको […]