default_image

अन्य

January 14, 2021

सूर्योदय र डाफोडिल प्रिक्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित ग¥यो । डाफोडिलले […]

January 14, 2021

आर्यन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी आर्यन रन्जित बिहीबार नगदसहित सम्मानित भएका छन् । कोरियन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण जितेवापत आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् । गत डिसेम्बर २७ तारिखमा भएको प्रतियोगिताको पुरुष ११ वर्षको कुमुतेमा आर्यनले स्वर्ण जितेको प्रमुख प्रशिक्षक सञ्जय […]

January 14, 2021

नेपाल ओपन भर्चुअल पुम्से माघ दोस्रो साता

काठमाडौं (हाम्रो खेलकद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक […]

January 13, 2021

एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल […]

January 13, 2021

रत्न, प्रिन्स र दिपेशको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक रत्नजित तामाङ, नम्वर दुई दिपेश धामी र विश्व जुनियरको ११औं वरीयताका ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले योनेक्स सनराईज १०औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा दोहोरो जित निकालेका छन् । सिरहाको गोलबजारमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको टप १६ भित्रमा नेपाली सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१–७ […]

January 13, 2021

पीएचसीए खुला सुर्योदय बास्केटबलमा ४८ टोली

काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । शनिबार सम्पन्न हुने प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुवै समूहमा नगद पुरस्कार राखिएको छ । […]

January 12, 2021

गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]

January 12, 2021

मन्देकाजीलाई उत्कृष्ट पुरुष खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी […]

January 12, 2021

गौरिकालाई उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार […]

January 12, 2021

टेबल टेनिसका शाह र क्षेत्रीलाई लाइफ टाइभ एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो । तीन दशक (सन् १९९१) […]

Success

Thank you for your time.