default_image

अन्य

March 2, 2021

सागका स्वर्ण विजेता सनिल क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी हुन् । पुरुषकै ६४ केजी तौल समूहमा […]

March 2, 2021

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

भोजपुर (हाम्रो खेलकुद) – भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट हुने भएको छ । प्रतियोगिताका लागि भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आईपुगेका छन् । यस्तै भोजपुरमै रहेकी […]

March 1, 2021

पोखरा स्पोर्ट्स अवार्डको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । […]

March 1, 2021

दीपक र सोम सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एनआरटीका दीपक मगर र लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६–४ ले पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँग सेमिफाइनलमा भेट पक्का गरे । अर्को क्वाटरफाइनलमा सोमले अजिमाका राजेन लामालाई ६–३ […]

March 1, 2021

बागमती प्रदेशस्तरीय गणेशमान सिंह स्मृति बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद) – स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । प्रतियोगिता सोमबारदेखि सुरु भएपनि उद्घाटन १९ फागुनमा हुनेछ । प्रतियोगितामा १ सय ७३ खेलाडीले सहभागिता जनाएका छन् । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले […]

March 1, 2021

साराङ्गे छहारी कप पुरुष भलिबल चैत पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – अशिम युवा क्लबको आयोजनामा चैत पहिलो साता प्रथम सराङ्गे छहारी भलिबल कप पुरुष भलिबल प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा ३ देखि ७ चैतसम्म आयोजना हुदैछ । प्रतियोगितामा विभाग तथा प्रदेशको प्रतिनिधित्व गर्दै खेलेका खेलाडीहरुले खेल्न पाइने छैन । खेलेको […]

February 28, 2021

प्रादेशिक भलिबल रेफ्री कोर्ष सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रादेशिक भलिबल रेफ्री कोर्ष आइतबार सम्पन्न भएको छ । (९ देखि १६ फागुन) ८ दिनसम्म चलेको रेफ्री कोर्षमा ३६ जिल्लाबाट १०७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । रेफ्री प्रशिक्षण कोर्षमा सामान्य प्रतियोगिता खेलाइरहेका रेफ्री, जिल्ला भलिबल संघका रेफ्री तथा खेलाडीहरुले सहभागिता जनाएका थिए । जसबाट ८ […]

February 28, 2021

अमन र रेगन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – फस्ट ब्रेकका अमन कार्की प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा अमनले एस स्नुकर हाउसका मिलन लामालाई ८१–५३, ३–८५, ७९–१२, ३८–६६, ७८–२९, ६७–५५, ८८–४५ र ५८–४५ ले पराजित गरे । नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले पनि सेमिफाइनल यात्रा […]

February 28, 2021

गणेशमान सिंह बक्सिङ सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष […]

February 28, 2021

प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको निरक्षण गर्ने !

विजय नेपाली, पोखरागत वर्ष १३ औ दक्षिण एसियाली खेलकुद (साग) का कारण पोखरा रंगशालामा पूर्ननिर्माण गरिएको थियो । पूर्ण रुपमा निर्माण सम्पन्न नभएपनि सागको महिला फुटबल त्यहि रंगशालामा आयोजना भएको थियो । पोखरामा १३ औं सागका विभिन्न ७ खेल आयोजना भएका थिए । सागका लागि पूर्वाधार मर्मतसहित नयाँ सिट जडान गर्ने काम भयो । तर, […]

Success

Thank you for your time.