default_image

अन्य

July 28, 2024

नेपालले काभा बिच भलिबलमा‌ प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएका छन्। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । […]

July 28, 2024

पेरिस ओलम्पिक –सुस्मिता ४४ मध्ये ४२ औं

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् । आज पौडीकी डुवाना लामाको प्रतिस्पर्धा रहेको छ । उनले २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । […]

July 26, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको‌ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 25, 2024

महर्जन बागमतीको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- पुराना करातेकर्मी मीन कृष्ण महर्जन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । महर्जनसँगै कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने र बिमल […]

July 24, 2024

किर्गिजस्तान काभा यु २० भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा‌ सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको‌ उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो। नेपाली महिला युवा टोली च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई  हराउँदै […]

July 23, 2024

काभा यु २० भलिबलमा नेपाल‌ तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ। नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले हराएको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो। लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३-१ […]

July 23, 2024

तेस्रो स्थानका लागि नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा‌ तेस्रो स्थानका‌ लागि आज प्रतिस्पर्धा गर्दैछ। नेपालले कास्य पदकका लागि आयोजक माल्दिभ्सको‌ सामना गर्नेछ। खेल नेपाली समय‌‌ अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। सोमबार नेपाल किर्गिजस्तान र माल्दिभ्स श्रीलंकासँग पराजित भएको‌ थियो। लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो […]

July 22, 2024

नेपाल‌ काभा यु २० भलिबलको सेमिफाइनल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको‌ छ। नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ। अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका फाइनल पुगेको छ ।बुधबार फाइनल र तेस्रो स्थानका […]

July 22, 2024

बिएफसी र माडी ११ जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (सोमबार) भरतपुर फुटबल क्लब (बिएफसी ) र माडी ११ विजयी भएका छन् । शारदानगरको मैदानमा आज भएको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक एफसीलाई ३-२ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा बिएफसीलाई जिताउन सन्देश श्रेष्ठले २४ औं र सुजन श्रेष्ठले ६२ औं मिनेटमा गोल […]

Success

Thank you for your time.