default_image

अन्य

March 16, 2021

भुवन अग्रता बढाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सेन्ट्रल ओपनको दोस्रो दिन आफ्नो अग्रता बढाएका छन् । गोकर्ण गल्फ कोर्षमा मंगलबार भुवनले ३ अन्डर ६९ स्कोर जोड्दै समग्रमा आफ्नो अग्रतालाई ५ स्ट्रोकमा लम्ब्याए । अघिल्लो दिन ८ अन्डर ६४ स्कोर जोडेका भुवनले समग्रमा ११ अन्डर १ सय […]

March 16, 2021

धरान र राइजिङ ‘ए’ डिभिजन फुटसल लिगमा छनोट

काठमाडौंं (हाम्रो खेलकुद) – आगमी जेठमा पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा प्रदेश १ बाट फुटसल ५ धरान र राइजिङ एफसी छनोट भएका छन् । उनीहरु प्रदेश १ को विजेता र उपविजेताको रुपमा छनोट भएका हुन् । पाथिभारा फुटसल इटहरीमा मंगलबार भएको फाइनलमा फुटसल ५ धरानले राइजिङ एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन […]

March 15, 2021

कर्णाली प्रदेश स्तरिय भलिबल हुने, विजेतालाई २ लाख

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । चुली युवा क्लव सुर्खेतको आयोजनामा चैत ११ गते प्रथम चुली कप प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष महेश जिसीले […]

March 15, 2021

सुर्खेत जिल्ला खेलकुदको अध्यक्षमा पुनः गिरी

सुर्खेत (हाम्रो खेलकुद)– चन्द्रकुमार गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतको अध्यक्षमा पुनः नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सोमबार गिरीलाई नियुक्त गर्दै सपथग्रहण गराएको हो । यस अघि २०७१ मा पनि समितिको अध्यक्ष भइसकेका गिरी भलिवलका पूर्व राष्ट्रिय खेलाडी तथा भलिवल संघ सुर्खेतका अध्यक्ष समेत हुन् । कर्णाली प्रदेश खेलकुद परिषद्ले […]

March 15, 2021

प्रारम्भिक मस्यौदा बुझाइयो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव […]

March 15, 2021

खेलकुद विकास विभाग प्रमुख बस्नेतको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ । उमेर हद (५८ वर्ष) का कारण बस्नेतले मंगलबारदेखि अनिवार्य अवकास पाउदै छन् । २०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकास हुन लागेका हुन् । करिब २५ वर्षको […]

March 15, 2021

भक्तपुरको दुवै वडा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित […]

March 15, 2021

भुवनलाई अग्रता, सुबासको होल इन वन

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ कोर्षमा सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ भुवन नगरकोटीले ४ स्ट्रोकको अग्रता लिएका छन् । स्थानीय कोर्षमा भुवनले ८ अन्डर ६४ को सानदार स्कोर जोडेपछि अग्रता बनाएका हुन् । उनले रामे […]

March 15, 2021

गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

पोखरा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । गुरुङ र नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दिएका थिए । गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को […]

March 14, 2021

दिपेशलाई हराउदै प्रिन्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीलाई पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले दिपेशमाथि २३–२१ र २१– १८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा […]

Success

Thank you for your time.