March 17, 2021
इलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ इलामको आयोजनामा दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन बुधबार त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् । इलाम ठुलो टुडिखेल मैदानमा पहिलो खेलमा समूह ’ए’ को आर्मीले तीन जना भारतीय राष्ट्रिय भलिबल खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ […]
March 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो इभेन्ट सेन्ट्रल ओपनमा भुवन नगरकोटी र शुक्रबहादुर राई उपाधि दाबेदारको रुपमा अघि आएका छन् । प्रतियोगिताको तेस्रो दिन बुधबार शीर्षस्थानमा रहेका भुवनले कमजोर प्रदर्शन गरेपछि दोस्रो स्थानको शुक्रबहादुर राई पनि उपाधि होडमा आएका हुन् । स्थानीय प्रो भुवनले २ ओभर ७४ स्कोर जोड्दा […]
March 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुमिना खड्का आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपको ६० केजी तौल समूहमा छनोट भएकी छन् ।आरडिएस क्लबकी सुमिनाले बुधवार बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोट भएकी हुन् । ४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङ मंगलबार नै वल्र्ड च्याम्पियनसिपका लागि छनोट भएकी थिइन् । नेपाल […]
March 17, 2021
पोखरा (हाम्रो खेलकुद) – यसै महिना पोखरामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, […]
March 17, 2021
इलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ इलामको आयोजनामा दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुदैछ । प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा […]
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग तथा ललितपुर किक बक्सिङले संयुक्त रुपमा यसै महिना चौथो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत २६ गते नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतियोगिताको उद्घाटन गर्ने प्रतियोगिता संयोजक समेत रहेका नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका […]
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अशिम युवा क्लबको आयोजनामा बुधबारदेखि शुरु हुने प्रथम साराङ्गे छाहारी भलिबल कप पुरुष भलिबल प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहने भएको छ । क्लबका अध्यक्ष लोक बिक्रम मल्लले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र प्रतियोगितामा २० टोलीको सहभागिता रहेको जानकारी गराए । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा ३ […]
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मंगलबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गर्यो । काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा […]
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई […]
March 16, 2021
पोखरा (हाम्रो खेलकुद) – पाँचौं पोखरा स्पोर्टस् अवार्डको मिति नजिकिँदै गर्दा सहयोगीदाता पनि बढ्दै गएका छन् । यसैक्रममा पोखरा लेकसाइडमा सञ्चालित माई होटलले प्रायोजन गरेको छ । होटलका प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज […]