default_image

अन्य

May 23, 2021

महासंघद्वारा मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा आइतबार महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा […]

May 21, 2021

अम्पायर समूहको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरस्थित इखाछें आईसोलेसन वार्डको लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । उन्नति फाउण्डेशनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने ब्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्य द्वय अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आईसोलेसन […]

May 21, 2021

लोकतान्त्रिक खेलकुदको कोभिड अभियान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाईट अगेन्स्ट कोभिड १९ अभियान सुरु गरेको छ । सोहि क्रममा कोभिड संक्रमणबाट मृत्यु भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल […]

May 21, 2021

साधारण सभा रोक्न बक्सिङ संघलाई राखेपको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई संघको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । कोरोनाको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै राखेपको पूर्व स्वीकृती नलिइ गर्न लागिएको संघको साधारण सभा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को ङ बमोजिम राखेपको अर्को निर्देशन प्राप्त नभएसम्मका लागि […]

May 20, 2021

खेलकुद मन्त्री लामासहित ७ मन्त्रीको नियुक्ति बदर

काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालले हालै मन्त्री बनेका गैर सांसद ७ जना मन्त्रीको नियुक्ति बिहीबार बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङसहित संघीय संसदको सदस्य नरहेकाले ७ मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिना मात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तलाई अन्तरिम […]

May 19, 2021

मनाङे पुनः गण्डकी प्रदेशका खेलकुद मन्त्री नियुक्त

पोखरा (हाम्रो खेलकुद) – राजीव गुरुङ पुनः गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्री मण्डल विस्तार गर्दा दीपक मनाङेका नामले परिचित गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । वैशाख १६ गते पहिलो पटक मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेपछि त्यसको दश दिन पछि […]

May 18, 2021

दुःखीको सहयोगमा खड्काको सक्रियता

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोडिभ–१९) को दोस्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् । समस्यामा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरुको सहायतामा आर्थिक सहयोग जुटाउदै ‘सबैका […]

May 18, 2021

ट्राइयाथल प्रशिक्षकका लागि भर्चुअल कोर्ष सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष प्रदान गरेको छ । फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ–युथ एण्ड जुनियर्स बिषयक कोर्ष संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्नेछन् । ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिव ५ हप्ता संचालन हुने कोर्षमा ट्राईयाथलनका १५ प्रशिक्षकहरुलाई ज्ञानपूर्ण कुराहरु प्रदान […]

May 16, 2021

एसियन महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको पनि सहभागिता पक्का भएको २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप चीनमा नभई फिलिपिन्समा हुने भएको छ । चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघ (एभीसी) ले नयाँ आयोजकको रुपमा फिलिपिन्स रोजेको हो । एभीसीले शनिबार फिलिपिन्सले प्रतियोगिता आयोजना गर्ने पुष्टि गरेको हो । च्याम्पियनसिप […]

May 15, 2021

केसीको अध्यक्षतामा सिजुओका स्पोर्ट्स क्लब जापानको नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । गत बिहीबार भएको अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । तीन उपाध्यक्षमा उमेश अर्याल, बालकृष्ण ढुंगाना र भीम श्रीस रहेका छन् । सचिवमा चित्र बुढाथोकी र कोषाध्यक्षमा दीपक खत्री निर्विरोध निर्वाचित भए […]

Success

Thank you for your time.