June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) ले संयुक्त अरब इमिरेट्स (युएइ)) स्थित दुवईमा सम्पन्न बिच एयर ब्याडमिन्टन कम्युनिटी प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ । दुवईस्थित जुमिरहामा रहेको बिच भलिबल कोर्टसँगैको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल बलियो श्रीलंकाको कम्युनिटी (समुदाय) सँग समग्रमा १००–६१ ले पराजित हुदै दोस्रो स्थान हासिल गरेको हो । विश्व […]
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले आफ्ना ३ खेलाडी जवान आधारभूत तालिममा तालिमरहत रहेकोले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । फिलिपिन्समा भदौ १३ देखि २० गते सम्म आयोजना हुने एभिसी एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले ३० खेलाडीलाई असार १ गतेबाट प्रशिक्षणमा राखेको छ । जसमा पुलिसका ७ खेलाडीलाई डाकिएको […]
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आधुनिक ओलम्पिक गतिविधिको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिकसँग आवद्ध विश्वभरिका राष्ट्रहरुले विविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आज (शनिबार) बाट ५ दिन मनाईने भएको छ । नेपालमा मनाइने ओलम्पिक डे कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।मन्त्री मियाले नेपाल ओलम्पिक कमिटी […]
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । डिस होमका आफ्नै थुप्रै च्यानल पनि छन् । ७७ जिल्लामा सेवा संचालन भएकाले पनि डिसहोम दशेको सम्पूर्ण बजारमा सक्रिय छ । डिस होमले विभिन्न विधागत च्यानल सञ्चालन गर्ने क्रममा केहि वर्षअघि बाट खेलकुदलाई प्राथमिकतामा […]
June 19, 2021
एजेन्सी – भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो । शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएको छ । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे […]
June 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नव नियुक्त युवा तथा खेलकुद मन्त्री एकबाल मियाँलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा सिंहदरबारस्थित मन्त्रालयको कार्यालयमा पुगेर एनएनआइपिए टोलीले मन्त्री मियाँलाई बधाई दिएको थियो । सोही क्रममा अध्यक्ष श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम मन्त्रालयले तयार गरेको […]
June 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक रहेको स्वर्गिय बैजनाथ बाबा यादवको परिवारलाई आर्थिक सहयोग गरेको छ । महाराजगंजस्थित हेडलाईन क्याफेमा शुक्रबार संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरुबाट संकलित १ […]
June 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ कोरोना महामारी रोकथामको अभियानका फ्रन्टलाइनरहरुलाई सहयोग गर्ने कामलाई निरन्तरता दिइरहेको छ । महासंघले आफ्ना केन्द्रिय उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा कोभिड नो भिड अभियान सञ्चालन गरिरहेको छ । त्यही क्रममा महासंघले पत्रकार महासंघ झापा र रङ्गेली ईलाका प्रहरी कार्यालय, उर्लाबारी इलाका प्रहरी कार्यालय […]
June 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकर्मीलगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङको स्वास्थ उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् । लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई […]
June 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । एरोविकले अनितालाई ३ बर्षका लागि नेपालको आफ्नो एम्बसेडर नियुक्त गरेको बताइएको छ । एरोविकले अनितालाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना […]