July 13, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबारका लागि बोर्ड बैठक स्थगित भएको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबारका लागि बैठक डोकपनि उनी सो पदमा नरहेपछि बैठक स्वतः स्थागित भएको हो । सर्वोच्च अदालतको सोमबारको फैसलाबाट तत्कालिन केपी ओलीको सरकार स्वतः विघठन भएपछि राखेपको बैठक स्थागित भएको हो । खेलकुद […]
July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए । अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता […]
July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगितामा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे । युथको पुरुष ५४ केजीमा बोसीगाँसका शुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा […]
July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको खेलकुदको कुम्भमेलाको १४औं संस्करण पाकिस्तानमा दुई वर्षपछि हुने भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको हो । सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेलहरु पाकिस्तानको लाहोरमा हुनेछ । […]
July 12, 2021
एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा सातौ वरियताका इटालीका माटियो बेरेटिनीसँग सुरुवाती सेट गुमाएर पनि जोकोभिचले पूनरागमन गर्दै उपाधि जित्न सफल भएका हुन् । लन्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिकले छैटौपटक विल्मल्डन जितेका हुन् । प्रतिस्पर्धात्मक पहिलो […]
July 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र […]
July 10, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक अर्को साता बस्ने भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि गठन भएको राखेपको पहिलो बैठक बस्न लागेको हो । बोर्ड बैठक असार ३० गते बस्ने तयारी गरिएको राखेप श्रोतले जानकारी दियो । गत वर्ष असार १७ गते ऐन लागू भएको थियो । […]
July 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) र चन्द्रागिरी ब्याडमिन्टन क्लबको विशेष पहलमा सम्झौता भएको हो । सम्झौता दुई वर्ष अर्थात २०८० सम्म रहेको छ […]
July 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानको मिकीसिटीस्थित एनपीओ रारीगुराँसले नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोगका लागि खेल पोशाक प्रदान गरेको छ । रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख रुपैयाँ रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई बिहीबार हस्तान्तरण गरे । सोही अवसरमा […]
July 8, 2021
एजेन्सी – यसै महिनादेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो । ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, टोकियोका पदाधिकारी र जापान सरकारका प्रतिनिधिहरु बीचको बैठकपछि ओलम्पिक मिनिस्टर तामायो मारुकावाले टोकियो […]