default_image

अन्य

July 27, 2021

चीनलाई उछिन्दै आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को तेस्रो दिनको खेल सकिदा आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । शुरुवाती दुई दिन चीन अग्रस्थानमा रहेपनि तेस्रो दिन चीनले कुनै स्वर्ण जित्न नसकेपछि जापानले अग्रता लिएको हो । शुरुवाती दुई दिन दोस्रो स्थानमा रहेको जापानले तेस्रो दिन जापानले तेस्रो दिन तीन […]

July 26, 2021

अर्जेन्टिनामाथि ब्राजिलको पूनरागमन जित

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलको समूह चरणको खेलमा उपाधि दावेदार ब्राजिलले अर्जेन्टिनामाथि पूनरागमन जित निकालेको छ । आरीआके एरिनामा सोमबार राति भएको खेलमा ब्राजिलले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै पूनरागमन जित दर्ता गरेको हो । ब्राजिलले पहिलो सेट १९–२५ तथा दोस्रो सेट २१–२५ ले गुमाएको थियो । […]

July 26, 2021

अजितले वल्ड च्याम्पियनसिप र फेडेरेसन कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप अजित कुमार यादवले झन्डै चार साताको अन्तरमा दुई जुनियर च्याम्पियनसिप खेल्ने भएका छन् । अजितले ३१ जुलाईदेखि २ अगस्टसम्म भारतको पञ्जावमा हुने यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) र १७ देखि २२ अगस्टसम्मा केन्याको नौरबीमा हुने यु–२० जुनियर एथलेटिक्स वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको नेपाल […]

July 26, 2021

सागका पदक विजेतालाई एथलेटिक्स संघको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स संघले नगदसहित सम्मानित गरेको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाडीलाई पुरस्कृत गरेका हुन् । सागमा नेपालले ३ स्वर्ण, […]

July 26, 2021

ओलम्पिकमा जापानी दाजु-बहिनीले जिते स्वर्ण

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु–बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् । एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास मात्रै होइन । एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता (बहिनी) […]

July 26, 2021

टोकियो ओलम्पिक – पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा चीनले आफ्नो शीर्षतालाई यथावत राखेको छ । चीनले दोस्रो दिनको खेल सकिदासम्म ६ स्वर्ण र एक रजत र ४ कास्यसहित ११ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको हो । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो । चीनलाई आयोजक जापानले पछ्याइरहेको […]

July 24, 2021

ओलम्पिक : सरस्वती र प्रशिक्षक श्रेष्ठ टोकियो जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकमा भाग लिन एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । सरस्वतीले अर्को एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती सरस्वती सहित ५ खेलाडीले यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये सुटिङकी कल्पना परिवारले १० मिटर एयर राइफलमा ४६ औं स्थानमा रहँदै प्रतियोगिता सक्ने क्रममा […]

July 23, 2021

टोकियो ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । यसपटकको टोकियो ओलम्पिकको नारा ‘युनाइटेड वाई […]

July 23, 2021

खेलकुद पत्रकार मञ्च र महासंघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मेरोखेल डट कमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापामाथि समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको दुव्र्यवहारप्रति मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि गएका पत्रकारमाथि गरिएको दुव्र्यवहारको व्यवहार निन्दनीय रहेको उल्लेख गर्दै मञ्चका महासचिव प्रज्वल […]

July 23, 2021

युएईमा नेपाली समुदायमा ब्याडमिन्टन मोह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसी) युएईको स्थापनासँगै युएईमा नेपाली समुदायमा ब्याडमिन्टन खेलप्रतिको मोह निकै नै बढेको छ । हरेक साताजस्तै हुने विभिन्न समुदायस्तरको प्रतियोगिता, केही अन्तर्राष्ट्रिय प्रतियोगिता र त्यसमा उत्साहजनक सहभागिताले पनि युएईमा रहेको नेपालीमा ब्याडमिन्टन खेलप्रतिको मोह कति छ भन्ने स्पष्ट पार्दछ । पछिल्लोपटक एनबिसीले ए प्लस मिक्स डबल्स, ए, बी […]

Success

Thank you for your time.