August 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भएको डिजी एसिया तेक्वान्दो ओपन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् । पुम्से पुरुष ४० वर्ष मुनी सञ्जिब नेपाली, महिला ३० वर्ष मुनीमा सन्दीपा अमगाई र पुरुष ५० वर्ष मुनीमा प्रेमकुमार दर्नालले स्वर्ण जितेका हुन् । डिजे तेक्वान्दो फिलिपिन्स र ओएनजी तेक्वान्दो अमेरिकाको आयोजनामा शुक्रबार सुरु भई आइतबार […]
August 1, 2021
एजेन्सी – युजी निसिदाले उच्च प्रदर्शन गरेपछि अघिल्लो चरण प्रवेश गर्न जित निकाल्नै पर्ने खेलमा इरानलाई पराजित गर्दै घरेलु टोली जापान टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलतर्फ क्वाटरफाइनलमा पुग्न सफल भएको छ । एरिएके एरिनामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा जापानले इरानमाथि ३–२ को रोमाञ्चक जित दर्ता गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो […]
August 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि सुरु भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्देश्य अनुरुप संघसँग आवद्ध प्रत्येक जिल्लामा कम्तीमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो । संघसँग आवद्ध जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रिय सदस्य एवं कोर्षका प्रशिक्षक […]
August 1, 2021
एजेन्सी – अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा पाँचौ स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले स्वर्ण संख्या पाँच पुर्याएका हुन् । उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा दुइए गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा […]
August 1, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा ब्राजिलले फ्रान्समाथि रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा ब्राजिलले फ्रान्समाथि ३–२ को सेटमा रोमाञ्चक जित निकालेको हो । पहिलो सेट ब्राजिलले २५–२२ ले आफ्नो पक्षमा पारेपनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट फ्रान्सले ३९–३७ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएको थियो । तेस्रो सेट ब्राजिलले […]
August 1, 2021
एजेन्सी – अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा चौथो स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको ५० मिटर फ्रिस्टाइलमा ओलम्पिकमा कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले जारी ओलम्पिकमा चौथो स्वर्ण जित्न सफल भएका हुन् । ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गरे । २४ वर्षीय सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक […]
August 1, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को आठौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो ।चीनले शनिबारसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी […]
July 31, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा उपाधि दावेदार तथा बलियो इटाली चीनसँग सोझो सेटमा स्तब्ध बनेको छ । एरिएके एरिनामा शनिबार समूह ‘बी’ को खेलमा चीनले शीर्ष स्थानमा रहेको इटालीमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२१ को जित निकालेको चीनले दोस्रो सेटमा २५–२० को जित निकालेको थियो । […]
July 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियन अजित कुमार यादवले भारतको पञ्जाबमा भएको १९औं यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) मा कमजोर प्रदर्शन गरेका छन् । वार हिरो स्टेडियम सांगरर पञ्जाबमा शनिबार भएको पुरुष १५ सय मिटर दौडमा उनी १४ जनामध्ये १२औं स्थानमा रहे । दुई जनाले दौड पूरा गर्न सकेनन् । […]
July 31, 2021
एजेन्सी – समूह चरणको एक खेल बाँकी छँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको चौथो खेलमा सर्वियालाई ३–१ को सेटमा पराजित गर्दै ब्राजिलले समूह ‘ए’ बाट अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । ब्राजिलसँगको हारको बावजुत पनि सर्विया पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ । दुई […]