August 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]
August 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई प्रायोजन गरेको छ । जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले प्याराल्याम्पिक्सका लागि वाइल्ड कार्ड प्राप्त […]
August 4, 2021
एजेन्सी – दक्षिण कोरियाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा टर्कीमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । एरिएक एरिनामा बुधबार भएको खेलमा दक्षिण कोरियाले टर्कीमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । यो नतिजासँगै दक्षिण कोरियाले समूह चरणको भोगेको हारको बदला लिएको छ । दक्षिण कोरिया समूह […]
August 4, 2021
एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को ११औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ । चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ […]
August 3, 2021
एजेन्सी – घरेलु टोली जापानलाई सोझो सेटमा पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनलमा उपाधि दावेदार ब्राजिलले जापानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एरिएक एरिनामा ब्राजिलले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एक सयम […]
August 3, 2021
एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १०औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्न सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले सोमबारसम्म २९ स्वर्ण, १७ रजत र १६ […]
August 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ तथा क्यानोईङ संघका महासचिव सुदीप राज गौतम बिश्व र्याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् । बिश्व र्याफ्टिङ महासंघको चुनावी साधारणसभाले चार बर्ष (२०२१–२०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् । फ्रान्समा आयोजना […]
August 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले […]
August 2, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य […]
August 2, 2021
सम्पादकीय हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौती पनि त्यतिकै हुने गर्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई […]