default_image

अन्य

August 23, 2021

बक्सिङमा सुलभ पराजित

काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा जारी एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपाली मुक्केवाज सुलभ माली पराजित भएका छन् । ५४ केजी तौल समूहमा सोमबार सुलभ इरानी प्रतिद्वन्द्विसँग पराजित भएका हुन् । जारी प्रतियोगितामा नेपाली ३ मुक्केवाजले भने पदक पक्का गरिसकेका छन्। जुनियर ५४ किलो तौल समूहमा छिरिङ वाङ्दी, महिला ५२ केजीमा स्वस्तिका […]

August 22, 2021

एएसबीसी युथ तथा जुनियर बक्सिङमा शेर्पालाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – छिरिङ वाङदी शेर्पाले दुवईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक पक्का गरेका छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गदै सेमिफाइनल पुगेपछि नेपालको पदक पक्का भएको हो । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ […]

August 22, 2021

बक्सिङ ‘डे’ मनाइने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस (अगष्ट २७) मनाउने भएको छ । संघको साउन २५ गते बसेको बैठकको निर्णय अनुसार संघसँग आबद्ध जिल्ला संघ, खेलाडी, प्रशिक्षकलाई बक्सिङ दिवस मनाउन भनेको जानकारी गराएको छ । दिवस मनाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि संघले अनुसरोध गरेको छ । बक्सिङको सर्वोच्च निकाय […]

August 22, 2021

१३ औं सागको विभिन्न शीर्षकमा अनियमितता !

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नेपालले आयोजना गरेको डेढ वर्ष बढी भइसकेको छ । काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा २०७६ मंसिर १५ देखि २४ गते सम्म साग आयोजना भएको थियो । सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफलता प्राप्त गर्नेक्रममा ५१ स्वर्णसहिद २ सय ७ पदक जितेको थियो । साग […]

August 21, 2021

काठमाडौं तेक्वान्दोमा सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमिति नै निर्विरोध निर्वाचिच भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत ४ वर्षका लागि निर्विरोध चयन गरेको छ । अध्यक्षमा खड्काबाहेक कसैले उम्मेदवारी दिएनन् । अध्यक्ष बाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता […]

August 21, 2021

समस्यामा परेकालाई वादोरियोको राहत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो । सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका […]

August 21, 2021

लाइन जज अर्याललाई एपि स्पोर्ट्सको बधाई र बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो–२०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट लाइन जजको रुपमा सहभागिता जनाउन लागेका वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्याललाई एपि स्पोर्ट्स म्यानेजमेन्टले सम्मान, बधाई तथा बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, एपि स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत […]

August 20, 2021

एसियाली टेबल टेनिसलाई ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष तथा महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जनाएका छन् । पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र […]

August 20, 2021

प्रधानमन्त्रीलाई राखेप कर्मचारी संघको ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुक्रबार कर्मचारीका हकहितसँग जोडिएका विषय समेट्दै ५ बुँदे समेटर ज्ञापन पत्र बुझाएको छ । बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले राखेप र खेल क्षेत्रमा रहेका बिकृती र विसंगतीका विषयमा पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको […]

August 19, 2021

पारा तेक्वान्दो टोलीलाई लोकतान्त्रिकको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियो सहरमा आयोजना हुने पारालिम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बिहिबार बिदाई गरेको छ । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व सञ्चारमन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाई गरे […]

Success

Thank you for your time.