September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणको खेल सकिँदा ५ खेलाडीले संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा संचालित प्रतियोगिताको तेस्रो दिन बिहीबार चौथो र पाँचौं चरणको खेलपछि सजिलोसिभी डटकमका फिडेमास्टर रुपेश जैसबाल, थापाथलि चेस पार्कका फिडेमास्टर क्षितिज भण्डारी, डाइनामिक […]
September 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले डेजो एम्बिसी सिप सेचो इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी छिन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी समेत रहेकी आयशाले पुम्से ए लिग महिला सिनियर ४० वर्ष मुनिको समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले पुम्से […]
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् । दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । […]
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित मंगलबार सम्मानित गरेको छ । संघले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा […]
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेल द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटीले मंगलबार खेल तालिका सार्वजनिक गरेको छ । लिग स्वास्थ्य मापदण्ड अपनाई पोखराको बहुउद्देशीय कभर्डहलमा असोज २ देखि २२ गते […]
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको […]
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई […]
September 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा साँढे दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १८–३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै […]
September 3, 2021
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]
September 3, 2021
हिमाल खरेल, बिर्तामोड एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी कास्य पदक विजेता झापाकी नारिका राईलाई गृहनगर भद्रपुरमा स्वागत सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नारिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले नारिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् । […]