default_image

अन्य

September 12, 2021

रोशन र बुद्धलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप […]

September 12, 2021

पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग […]

September 12, 2021

टाइगर कप माघमा हुने, पुरस्कारमा दोब्बर बृद्धि

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रण पुरुष तथा महिला राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आगमी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक टाइगर ग्रुपले दोस्रो संस्करणको टाइगर कप आगमी माघको १० देखि १५ गतेसम्म पोखरा रंगशालामा गर्ने निर्णय गरेको हो । यसपटक पुरस्कार राशिमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ । […]

September 12, 2021

राडुकानुलाई युएस ओपन उपाधि

एजेन्सी – बेलायती किशोरी इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतिक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […]

September 11, 2021

फिडेमास्टर रुपेशलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फिडेमास्टर रुपेश जैसवालले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सजिलोसिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गर्दै ५० हजार रुपैयाँसहित रनिङ्ख शिल्ड, ट्रफी प्राप्त गरे ।त्यसैगरी समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव […]

September 11, 2021

नेपालले विश्व पुरुष बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ । आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने पक्का भएपछि नेपाल बक्सिङ संघले च्याम्पियनसिपको लागि खेलाडी छनोट गर्ने भएको छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिप अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुदैछ । […]

September 11, 2021

पारा ओलम्पियन पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल […]

September 11, 2021

लिम्पिया र गोकर्णलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित ग¥यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंक योगदान गरे । लिम्पियाका […]

September 11, 2021

रुपेशलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फिडेमास्टर रुपेश जैसवालले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सजिलो सिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त उपाधि जितेका हुन् । समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव टाइब्रेकमा थापाथली चेस क्लबका […]

September 11, 2021

राखेपका पूर्व सदस्य सचिव राणा रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । मृगौलाको नियमित डायलासिस गराइरहेका राणाको ८५ वर्षको उमेर बत्तिसपुतली स्थित निवासमा शुक्रबार राती ९ः४५ बजे मृत्यु भएको उनका छोरी ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । लामो समय खेलकुदका विभिन्न […]

Success

Thank you for your time.