default_image

अन्य

September 23, 2021

गण्डकीका रुपेन्द्र र किरणले एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश पुरुष भलिबल टोलीका महत्वपुर्ण सदस्यद्वय मिडल ब्लकर रुपेन्द्र गैरे र स्पाइकर किरण गुरौ विभागीय नेपाल एपिएफ क्लबमा आबद्ध भएका छन् । यस्तै गण्डकी प्रदेशकै सन्तोष थापामगरले पनि एपिएफबाटै खेल्ने भएका छन् । अब उनीहरुले एपिएफको पुरुष भलिबल टोलीबाट नै घरेलु भलिबल खेल्नेछन् । तीनै जनासँग एपिएफले सम्झौता गरिसकेको छ […]

September 22, 2021

रुक्मशमशेर राणाको स्मृतिमा शोक सभा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ । राणाको निधन भएको १३औं पुण्य तिथिमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो । राणा सन् १९९८ देखि २००७ सम्म कमिटीको अध्यक्ष […]

September 20, 2021

केल्मीको सामाग्री नक्कल गर्नेलाई चेतावनी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वको प्रशिद्ध खेलकुद सामाग्री उत्पादक कम्पनी केल्मीको नेपाल स्थित एक मात्र आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा. लि. ले कम्पनीको सामाग्री नक्कली उत्पादन तथा अनाधिकृत विक्री वितरण गर्नेलाई कारवाहीको चेतावनी दिएको छ । कामारुले एक प्रेस विज्ञप्ति जारी गर्दै हाल नेपालमा नै अनाधिकृत रुपमा उत्पादन गरिएका, विदेशमा उत्पादन गरि नेपालमा विक्री वितरण गरिएका तथा विदेशबाट कच्चा पदार्थ झिकाई नेपालमा तयार गरिएका […]

September 20, 2021

सनिललाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे । यससंगै छनोट प्रतियोगिता सम्पन्न भएको छ […]

September 19, 2021

ढुकु र लुम्बिनीको विजयी सुरुवात

विजय नेपाली,पोखरा ढुकु फुटसल हव काठमाडौं र लुम्बिनी फुटसल रुपेन्देहीले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा विजयी सुरुवात गरेका छन् । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा लुम्बिनी फुटसलले झरना स्पोर्ट्स क्लब रुपन्देहीमाथि ६–२ को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको हो । लुम्बिनीको फराकिलो जितमा रुपेन बराइलीले दुई तथा अन्जन थापा, गेली शेर्पा, राफी महर्जन […]

September 19, 2021

भुपेन्द्र पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका भुपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ केजीमा […]

September 19, 2021

रत्नजित र प्रिन्स प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलतर्फको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरण खेलेको रत्नजित तामाङले आर्मीकै […]

September 19, 2021

कप्तानद्वय किरण र ज्ञानेन्द्रलाई प्रबल जनसेवाश्रीसहित डेढ दर्जन खेलकर्मीलाई विभूषण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मी संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित […]

September 18, 2021

स्पोर्टस क्यासल र द राइजिङको विजयी सुरुवात

विजय नेपाली, पोखरा राष्ट्रिय ए डिभिजन फुुटसल लिग प्रतियोगिताको पहिलो दिन शनिबार घरेलु टोली स्पोर्टस क्यासल र द राइजिङ क्लब धरान क्लब विजयी भएका छन् । पोखरा रंगशालामा स्पोर्टस क्यासलले काठमाण्डौंको प्रभातफेरी युथ क्लबलाई ७–० ले हराएको थियो । टोलीको जितमा सुमित श्रेष्ठ, खिमराज गुरुङले समान २, विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले गोल […]

September 18, 2021

रविन र प्रदीप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको […]

Success

Thank you for your time.