default_image

अन्य

September 29, 2021

मन्दे र मुकुन्द्र जर्मनी जाने

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदैछन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल काता मन्दे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागमा मन्डेले दोहोरो […]

September 29, 2021

ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– दीपक विष्ट नेपाल ओलम्पियन्स संघको अध्यक्ष निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् । त्यस्तै उपाध्यक्षमा प्रविन तुलाधर विजयी भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध […]

September 29, 2021

गल्कोटलाई हराउँदै हेल्प नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले गल्कोटलाई ३–१ को सेटमा पराजत गर्दै समूह विजेता बनेको […]

September 29, 2021

गण्डकीलाई हराउँदै पुलिस समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिससँगको हारले पनि गण्डकी समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

September 28, 2021

ओलम्पियन्स संघको अध्यक्षमा थापा र विष्टको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको संस्था नेपाल ओलम्पियन्स संघको बुधबार नेतृत्व चयन हुने भएको छ । १५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापा र व्यक्तिगत खेलका सर्वाधिक सफल खेलाडी दीपक विष्टबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र […]

September 28, 2021

आर्मी बन्यो टुरिजम कप गल्फको क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब नेपाल टुरिजम गल्फ प्रतियोगिताको क्लब च्याम्पियन बनेको छ । १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवास तामाङ र मेजर निश्चय जंग रायमाझीको जोडीले काउन्ट ब्याकका आधारमा उपाधि जितेका हुन् । पहिलो दिनको खेलमा २ स्ट्रोकले पछि परेपनि दोस्रो तथा अन्तिम दिन मंगलबार पुनरागमन गर्दै […]

September 28, 2021

सुमनले चिम्निज ओपन खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो । टोलीलाई सफलताको शुभकामना दिदै […]

September 28, 2021

सागकी स्वर्णधारी अनुले प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी अनु अधिकारीले रसियाको मस्को सहरमा आयोजना हुने ¥याङकिङ प्रतियोगिता समेत रहेको कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, राखेपका सदस्य पुरेन्द्र विक्रम लाखे र प्रशिक्षक दीपक श्रेष्ठलगायतले बिदाई गरे । खेलाडीलाई […]

September 28, 2021

ढुकुको अर्काे हार

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशबाट च्याम्पियन बनेर ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा होमिएको ढुकु फुटसल हव काठमाडौंले खराव लयलाई निरन्तरता दिदा मंगलबार दि राइजिङ क्लब धरानसँग हार बेहोरेको छ । ढुकुले दि राइजिङ क्लब धरानसँग ५–३ को हार बेहोरेको हो । लिगमा ढुकुको यो चौथो हार हो । लिगको आफ्नो पहिलो खेलमा सविन मेमोरियललाई […]

September 28, 2021

हेल्प नेपाल र गल्कोट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गल्कोट स्पोर्ट्स क्लब डाइनामाइट छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

Success

Thank you for your time.