default_image

अन्य

July 17, 2024

हिमालयन १०० ब्लिज चेस हुने

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा हुनेछ । विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको १ सयौं वर्ष पनि मनाइरहेको छ। यही अवसरमा फिडेले यसपालि २० जुलाईमा २४ घन्टाभित्र […]

July 17, 2024

बुटवल कोरा साइक्लिङ हुने

सुमन अधिकारी,बुटवल‘साइकल चलाऔ, स्वस्थ्य र पर्यावरण जोगाऔ’ भन्ने मुल नारासहित बुटवल साइकल ग्रुपको आयोजनामा बुटवलमा बुटवल कोरा –२०२४ हुने भएको छ । बुटवल युनाईटेड साइक्लिङ क्लब, साईकल सिटी बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्य साउन ५ गते आयोजना हुन लागेको ‘बुटवल कोरा २०२४, माई कोरा च्यालेन्ज’ कार्यक्रममा २ सयभन्दा बढी साइकल यात्रीहरुको सहभागिता […]

July 16, 2024

खेलकुद मन्त्री चौधरीलाई राखेप कर्मचारी संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो । खेलकुद […]

July 15, 2024

७० नेपाली कराते खेलाडीले भुटानमा चुनौती पेश गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]

July 15, 2024

काभा यु २० महिला भलिबल – नेपाली टोली भोलि माल्दिभ्स जाने

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा‌ यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ। च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु-२० […]

July 14, 2024

‘मिसन २०२६ राखेपको मुख्य कार्यक्रम हो’

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् । राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आइतबार […]

July 13, 2024

च्याम्पियन मार्सल आर्टस अनिल‌ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ। च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका‌ लागि छनोट भएका हुन् । च्याम्पियन मार्सल आर्टसका सन्चालक […]

July 12, 2024

प्रिन्स पेरिस ओलम्पिकको कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको […]

July 12, 2024

दसौं राष्ट्रिय खेलकुदमा ३५ खेल‌ प्रस्तावित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो । […]

July 11, 2024

मानबहादुर फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडरमा नियुक्त भएको छ । फेवा एजुकेशन एण्ड माइग्रेसनले कप्तान तथा स्पाइकर मानबहादुर श्रेष्ठलाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक योगेश श्रेष्ठ र मान बहादुरले सम्झौता पत्रमा […]

Success

Thank you for your time.