October 5, 2021
धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बुधबारदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको प्रतियोगिताको ट्रफी र खेल तालिका पनि सार्वजनिक गरेका छन् । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २३ असोजसम्म धनगढीमा हुनेछ । उद्घाटन […]
October 4, 2021
विजय नेपाली, पोखरा घरेलु टोली स्पोट्र्स क्यासल राष्ट्रिय ए डिभिजन फुटसल लिगको शिर्ष स्थान टोली हो । अंक अग्रता निकै फराकिलो भएकाले क्यासलले लिगको आफ्नो अन्तिम खेल हार्दा पनि त्यसले खासै फरक पर्ने अवस्था थिएन । त्यस्तोमा क्यासलका अन्तिम खेल मंगलबार द राइजिङ क्लब धरानसंग थियो । राइजिङ तालिकाको तेस्रो स्थानको टोली हो । क्यासललाई […]
October 3, 2021
दिपक न्यौपाने, बुटवल लाफा समूहको आयोजनामा बुटवलमा जारी बी लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को पहिलो चरणको खेल सम्पन्न भएका छन । मौसमको खराबीका कारण प्रतियोगिता समापन गर्ने भनिएको दिनसम्म पहिलो चरण मात्र सम्पन्न भएको आयोजक समुहका अध्यक्ष तारा रेश्मीले बताए । आइतबार रातीसम्म भएको पहिलो चरणको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सैनामैना भलिबल सघलाई […]
October 3, 2021
बुटवल (हाम्रो खेलकुद)– विक्रम डम्बरपाल र कोमल कुमारी थापाले प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टििङ प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल पावर लिफ्टिङ संघको तत्वावधानमा व्यायम व्यवसायी संघ रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगिता पुरुषतर्फ कुल ४ सय ३१ केजी वजन उचाल्दै विक्रम च्याम्पियन बनेका हुन् । कोमलले कुल २ सय ९२ केजी तौल उठाउँदै महिलातर्फको […]
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले जर्मनीमा भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा दोहोरो स्पर्णपदक जित्न सफल भएका छन् । मन्देले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण जित्न सफल भएका हुन् । यस्तै च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कास्यपदक जित्न सफल भएको टिमका […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र विभागीय त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा महिलातर्फ तथा मानबहादुर श्रेष्ठ पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भएको हो । दुवै खेलाडीले आफ्नो टोलीलाई […]
October 2, 2021
भैरहवा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई अटेर गर्दै नेपाल तेक्वान्दो संघले निर्वाचन गरेको छ । तेक्वान्दोले निर्वाचन प्रक्रिया तथा चौथो महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि राखेपले असोज १२ गते सुचना जारी अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन तथा चौथो महाधिवेशन रोक्न निर्देशन दिएको थियो । संघको निर्णयानुसार गर्ने भनिएको निर्वाचन र चौथो महाधिवेशन […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई स्तब्ध पार्दै विभागीय त्रिभुवन आर्मी क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतीय राष्ट्रिय टोलकिा तीन खेलाडी समेटेको हेल्प नेपाललाई ३–१ […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा चिरपरिचि प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो । यो सँगै डायमन्डले गत […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा एपीएफलई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो […]