November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ जाने भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कासहित नेपालबाट ६ निर्णायक सहभागी हुँदैछन् । त्यस्तै ६ खेलाडी, तथा १-१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुनेछन् । […]
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृति कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका […]
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयका सह सचिव विष्णुराज ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिव तोकिएको युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव समेत रहेका प्रवक्ता कमल प्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा […]
November 1, 2021
सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित भएपछि सोमबार टाइब्रेकरबाट उपाधिको छिनोफानो गरिएको थियो । आइतबार खेल स्थगित हुँदा १–१ को बराबरी भएको थियो । खेलको १२ औं मिनेटमा वीरेन्द्रनगरले गोल गर्दै अग्रता लिएको थियो । अन्त्यतिर प्राप्त पेनाल्टीमा […]
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राणा र आरभ सम्राट हाडा गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा राणाले अकि जुवेन राउतलाई ६–२, २–६ र ६–३ ले तथा आरभले निशान श्रेष्ठलाई ६–१ र ६–२ ले पराजित गर्दै उपाधिनजिक पुगे । यस्तै महिला एकलतर्फ प्रेरणा कोईराला […]
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– समयमा दुबईको भिसा नपाएपछि दुई नेपाली गल्फरले बुधबारदेखि सुरु हुने एसियन प्यासिफक एमेच्योर गल्फ च्याम्पियनसिपमा भाग लिन नपाउने भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेल आइतबार दुबईतर्फ जाने हवाई टिकट थियो । तर त्यो समय सम्म उनीहरुले भिसा पाएनन् । […]
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने छ । प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले […]
October 31, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखराको बगर भाई खलकले आयोजना गर्ने ‘ भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा बृद्धि गरेको छ । त्यस्तै भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु […]
October 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ । लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको […]
October 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जाडेन श्रेष्ठ ब्वाईज र आजमी शेरचनले गल्र्सतर्फ लिटल डल्फिन्स् प्रालि किड्स ट्राईथलनको उपाधि जित्न सफल भएका छन् । स्कुल स्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ […]