default_image

अन्य

August 18, 2024

यु २० काभा भलिबल च्याम्पियनसिपको तयारी – १८ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको तयारीका लागि १८ खेलाडी प्रशिक्षणमा डाकिएका छन्। नेपाल भलिबल संघले आइतवार १८ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले भदौ ८ गतेबाट प्रशिक्षण सुरु गर्ने जानकारी दिएको छ। च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। छनोट भएका खेलाडीलाई भदौ ७ गते […]

August 17, 2024

एरिका र स्यान्टु हाम्रो खेलकुद वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ […]

August 17, 2024

कोशीमा १० औं राष्ट्रिय खेलकुदबारे अन्तरक्रिया

हिमाल खरेल, बिर्तामोड कर्णाली प्रदेशमा यसै वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ र विकास समितिहरुसँग अन्तरक्रिया गरेको छ । विराटनगरमा भएको कार्यक्रममा बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईलेकोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुदमा अधिकतम पदक जित्नेगरी तयारीमा लाग्न आग्रह गरे । मन्त्री राईले प्रदेशका खेलकुद […]

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।  प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

August 16, 2024

काभा नेसन्स लिग भलिबल – रजत विजेतालाई सरकारले जनही ३ लाख

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीवार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी‌ ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत […]

August 15, 2024

विष्ट लोकतान्त्रिक खेलकुद सुदूरपश्चिमको अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)- करातेका पूर्व खेलाडी सुरेन्द्र सिंह विष्ट नेपाल लोकतान्त्रिक खेलकुद संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका छन्। लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले संघको विधान अनुसार विष्टलाई सुदूरपश्चिम प्रदेशको अध्यक्ष मनोनयन गरेको पत्र दिएका छन्। बैतडी पाटन नगरपालिका ३ का विष्ट कुरोदय सेल्फ डिफेन्स मार्शल आर्टस संघका संस्थापन महासचिव तथा प्रमुख प्रशिक्षक हुन्।

August 15, 2024

नवौं राष्ट्रियका पदक विजेता बागमतीका खेलाडीलाई पुरस्कृत गरिने!

हेटौंडा (हाम्रो खेलकुद)- नवौं रष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडिहरुले प्रदेश सरकारको तर्फबाट प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् । २०७९ असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । […]

August 14, 2024

निरुताको बढुवा, सरस्वती र कविता पनि पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग च्याम्पियनसिपको‌ रजत विजेता नेपाली महिला भलिबल र‌ एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको‌ छ। सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ। सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा‌ रहेका निरुतासहित ३ खेलाडीलाई‌ बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ […]

August 14, 2024

पल्सर स्पोर्ट्स अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्ड भदाै २८ गते आयोजना हुने जानकारी दिएको‌ छ। महाभुकम्पका‌ कारण २०७२ बाहेक २०६० देखि अवार्ड आयोजना हुँदै आएको छ। पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको‌ मुख्य प्रायोजनको‌ सम्झौता भएको छ । पल्सर नेपाल […]

August 14, 2024

साफ‌ यु २० च्याम्पियनसिप – एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने साफ‌ यु २० च्याम्पियनसिप फुटबलको‌ एक्सन स्पोर्टस एचडीले वानले‌ प्रत्यक्ष प्रसारण गर्ने भएको छ। १० दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको डिश मिडिया नेटवर्क लिमिटेडले जानकारी दिएको छ। दशरथ रंगशालामा आइतवार सुरु हुने च्याम्पियनमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ए मा नेपालसहित बंगालादेश र […]

Success

Thank you for your time.