December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा […]
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित-हार आत्मसात् गरे । एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित […]
December 3, 2021
सिन्धुपाल्चोक (हाम्रो खेलुकद) – विभागीय नेपाली सेनाका रत्नजित तामाङ, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी सिन्धुपाल्चोकमा जारी बाह्रबिसे कप खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाईनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वाटरफाइनलमा शीर्ष वरीयताका रत्नजितले नेपाल पुलिसका दीपक बोहरालाई २१–६ र २१–१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रफुल महर्जनसँगको भेट […]
December 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘नेपाली खेलकुदलाई अझ माथि […]
December 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले सिन्धुपाल्चोकको बा¥हबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ विजयी सुरुवात गरेका छन् । महर्जन र लिनथेपको जोडीले बाह्रबिसेका राजकुमार तामाङ र अजय लामाको जोडीलाई २१–९ र २१–१९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । सिल्क […]
December 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता दशरथ रंगशालामा हुने युथ एथलेटिक्स च्याम्पियनसिपमा बंगलादेशका १२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा ५ महिला र ७ पुरुष गरि बंगलादेशका १२ खेलाडीले भाग लिने पक्का भएको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकार दिए । च्याम्पियनसिपका लागि बंगलादेश टोली बिहीबार काठमाडौं आइसकेको खत्रीले […]
December 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघले जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा अर्को महिना चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा पुस १३ देखि १७ गते सम्म हुने सञ्चालन हुने हक्की संघले जनाएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक विभागिय टोली नेपाली सेनाको […]
December 1, 2021
विजय नेपाली, पोखरा नेपाली खेलाडी इशाश्री शाह र श्रवनी श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तर्गत महिला युगलको सेमिफाइनलमा पुगेको छ । बुधबार इशाश्री र श्रवनी जोडीले भारतकी श्रीतन्वी दसारी र भिन्सिका मारीको जोडीलाई ६–२ र ६–२ सेटमा हराउँदै अन्तिम चारमा पुगेको हो । त्यस्तै सोही इभेन्टमा अभिलागा विष्ट र […]
December 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो । बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक […]
December 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ को सेतो टोली दोहोरो जित निकाल्दै राजधानीमा जारी ‘गुरुङ स्पोर्ट्स हाउस कप’ राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाट स्पोर्ट्स क्लबको कोर्टमा बिहीबार दोहोरो जित निकाल्दै प्रदेश १ को सेतो टोलीले समूह ‘सी’ बाट अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो […]