December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई बंगलादेशमा अर्को महिना आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि निर्णायकमा छनोट भएका छन् । केसी र चौलागाई नेपालबाट निर्णायकमा छनोट भएका हुन् । च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म आयोजना हुँदैछ । सन् २०१९ मा […]
December 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ । डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ […]
December 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यस सम्वन्धी हाम्रो खेलकुद र आयोजक टाइगर ग्रुप अफ पोखराबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा र आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा र […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हृदयघातका कारण बुधवार निधन भएका सोतोकान क्योकुशिन कराँते संघका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अनिल महर्जनको सम्झनामा नेपाल सो.क्योकुशिन कराँते संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ललितपुर सातदोबाटोस्थित संघको केन्द्रिय कार्यालयमा शुक्रबार आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतका व्यक्तिहरुको साथमा स्व.महर्जनकी श्रीमती गंगा महर्जन र छोरा आर्यन […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रोयल ‘ए’ खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार च्याम्पियन बनेको छ । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयल ‘ए’ ले नेपाल प्रहरी क्लब ‘बी’ लाई ११–९ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रतिक्षा मगरले सर्वाधिक ९ अंक योगदान गरिन् । प्रतिक्षा नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले महिला राष्ट्रिय भलिबल टोलीमा पूनरागमन गरेका छन् । नेपाल भलिबल संघले बंगलादेशमा हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि शनिबार १५ सदस्यीय टोलीबाट १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा कृपा र मनिषाले राष्ट्रिय टोलीमा पूनरागमन गरे । महिला टोलीका […]
December 11, 2021
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष-महिला भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत च्याम्पियनसिपमा महिला र पुरुषमा समान ५ टोली गरी १० टोलीको सहभागिता रहने जानकारी गराएको हो । च्याम्पियनसिप पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा २६ पुसदेखि […]
December 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाइ दिएको छ । सदस्य–सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्ष भेट गरी जुडो संघका पदाधिकारीले बधाइ दिएका हुन् । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य–सचिव नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । […]
December 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दीलिप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे । […]