December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विन्सम प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० […]
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालिलाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । एपीएमको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो । सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच […]
December 15, 2021
प्रकाश तिमल्सिना,काठमाडौं मन्त्री परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिनुको अर्थ तत्कालिन सदस्य सचिवलाई काममा फर्कन दिनु भन्ने अर्थ लगाउन नमिल्ने बताएको छ । ‘राखेप सदस्य सचिवका विषयमा मन्त्रीपरिषद्ले गरेको पछिल्लो नियुक्ति कार्यान्वय नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेश भएको छ ,’ […]
December 15, 2021
प्रकाश तिमल्सिना, काठमाडौं सर्वोच्च अदालतले गत महिना मन्त्री परिषद्बाट बर्खास्त गरिएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पूर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सिलवाल सर्वोच्च गएका थिए । न्यायाधिश हरि फुयालको एकल इजलासले बुधबार सिलवाललाई […]
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनमा युवा स्टार प्रिन्स दाहाल र रसिला महर्जन एसिया ओलम्पिक प्रोजेक्ट (एओपी) मा नेपालबाट छनोट भएका छन् । नेपाल ब्याडमिनटन संघको पहलमा उनीहरुले यो अवसर प्राप्त गरेका हुन् । यो फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिक २०२४ को परियोजना समेत हो । एसिया ओलम्पिक प्रोजेक्ट ब्याडमिन्टन एसियाको खेलाडीको स्तरवृद्धिको लागि पहल […]
December 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदय र लिम्पिया नेसनल कलेज प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । लिम्पियाले बृहस्पतिलाई ४१–१८ ले पन्छायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक […]
December 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिव स्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो । सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक […]
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदयले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित गर्यो । रामेछाप जिल्ला बास्केटबलको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य समूह चरणको खेलमा बृहस्पतिले विद्या विकासलाई ४३–१८, विन्समले एकता जेम्सलाई ३२–१४ र नामीले जय मल्टिपललाई ५८–२१ ले हराए । जोरपाटीस्थित लिम्पिया नेसनल कलेजको […]
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको […]
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् । चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए । बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका […]