default_image

अन्य

December 18, 2021

सन्तोषी र तीर्थलाई हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।नेपाल भेटनरी एसोसिएनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै […]

December 17, 2021

संघको सल्लाहकार समितिमा ४ ओलम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले ४ ओलम्प्यिनलाई सल्लाकार समिति सदस्य चयन गरेको छ । संघका अध्यक्ष दीपक विष्टको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ओलम्पियन लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत रहेको सुरेन्द्र हमाल, जितबहादुर केसी, वैकुण्ठ मानन्धर र पुष्पराज ओझालाई सल्लाहकार समितिमा चयन गरेको हो । हमाल भारोत्तोलनका कीर्तिमानी पदक विजेता खेलाडी हुन् । त्यस्तै […]

December 17, 2021

पविन र सुरोजको जोडी प्रि–क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रयाग पोखरी ब्याडमिन्टन सर्कलका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा कास्कीका विधान अकिारी र बिशाल खड्काको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पविन र सुरोजको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीमाथी २१–११ र २१–३ को सोझो सेटको जित निकाल्दै […]

December 17, 2021

रविना पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी रविना महर्जन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार पहिलो भएकी छन् । नेपाल एपीएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा रविनाले फाइनलमा आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सेटमा पराजित गर्दै च्यापियन बनेकी हुन् । त्यसअघि बिहीबार नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडीले […]

December 17, 2021

नामी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नामीले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित गर्दै उपाधि जितेको हो । नामीका थिलेन पाख्रिन तामाङले २० अंक जोडे । थिलेन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई बाग्मती प्रदेशका युवा तथा खेलकुद […]

December 17, 2021

रन फर प्रोटिन हाफ म्याराथन भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनले भोलि (शनिबार) काठमाडौंमा आयोजना हुने रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा भएको जनाएको छ । आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने म्याराथनको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला-पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) […]

December 16, 2021

सुनमायालाई अल्ट्रा रेसको उपाधि, मिरा दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुनमाया बुढाले थाइल्यान्डमा भएको एसियाकै ठूलो अल्ट्रा ट्रेल रनिङको उपाधि जितेकी छिन् । २ हजार भन्दा बढीले भाग लिएको ट्रेलमा सुनमाया महिलातर्फ विजेता र समग्रमा तेस्रो स्थान प्राप्त गरेकी हुन् । १ सय १० किलोमिटर अल्ट्रा दौड सुनमायाले १४ घन्टा ५४ मिनेट ०१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । सोहि […]

December 16, 2021

पलेशालाई मनास्लुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई मनास्लु वर्ल्ड कलेजले बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो । यस्तै मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत अन्य तीन व्यक्तित्वलाई पनि सम्मानित गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा […]

December 16, 2021

दीप र स्वेच्छाको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बनेका छन् । नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा भैसेपाटीस्थित हलमा बिहीबार भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को प्रतिस्पर्धात्मक सेटमा […]

December 15, 2021

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

(हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा बागमती प्रदेशस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष-महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ । पुम्सेतर्फ पुरुष÷महिलामा […]

Success

Thank you for your time.