default_image

अन्य

August 27, 2024

लामाचौरमा महिला तथा पुरुष भलिबल हुने

पोखरा (हाम्रो खेलकुद) – कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ‌ ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित […]

August 26, 2024

पुरुषोत्तमले जिते राष्ट्रिय एमेच्योर बुद्धिचालको उपाधि

मेचीनगर (हाम्रो खेलकुद)- सिएम पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता उपाधि जितेका छन्।  झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन्। उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।  राजेन्द्र […]

August 26, 2024

धारा नेपालगन्ज म्याराथनअघि १० किमी नाइट रन हुने

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ। राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ […]

August 25, 2024

चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणको लागि उप समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणका लागि ३ सदस्यीय उप समिति गठन गरेको छ। सदस्य सचिव स्तरीय निर्णयले समिति गठन गरेको राखेपले जनाएको छ। उपसमितिको सदस्यहरूमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव रहेका छन्।‌ उप समितिले […]

August 25, 2024

एभरेस्ट महिला भलिबल लिग अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ। घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई‌ ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित […]

August 24, 2024

पुरुषोत्तम र रिशोन शीर्षस्थानमा

मेचीनगर (हाम्रो खेलकुद)- छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताको दोस्रो दिन शनिवार २ हजार रेटिङ मुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र १८६२ रेटेड खेलाडी रिशोन थापाले समान ३ अंक जोड्दै शीर्ष स्थानमा रहेका छन् । नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ३ चरणको समाप्तीमा पुरुषोत्तम […]

August 24, 2024

काभाका विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ। गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा‌ स्वर्ण, रजत, काठमाडौंमा‌ भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। काठमाडौंमा  काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली […]

August 24, 2024

भट्टलाई राखेपको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ। काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई‌ पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए। भट्ट झण्डै ३ […]

August 24, 2024

संयोजक वैद्यसहितको बहिष्कारका बाबजुद टेबलटेनिस संघको चुनाव हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल‌ टेनिसको‌ तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]

August 23, 2024

जापानमा समर कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)- जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ। नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी दिए। प्रतियोगिता डिनोज क्लबमा हुनेछ। विजेताले उपाधिसहित ५ लाख ११ हजार १ सय ११ जापानिज यान र दोस्रो हुने टोलीले […]

Success

Thank you for your time.