default_image

अन्य

December 29, 2021

अनमोल स्मृति खुला बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – शिव सेना नेपाल, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहेपनि प्राविधिक कारणले आइतबारदेखि मात्र सुरु हुने आयोजकका अध्यक्ष रविन्द्र अवालेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । समूह […]

December 29, 2021

सेन्ट्रल जोन च्याम्पियन टोलीलाई जनही ५ लाख दिने सरकारको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा बुधार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर […]

December 29, 2021

भलिबल टोली बिहीबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० […]

December 29, 2021

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई राष्ट्रपतिको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई बधाई दिएकी छिन् । राष्ट्रपति भण्डारीले बुधबार सामाजिक संजाल ट्वीटरबाट उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिएकी हुन् । ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा […]

December 29, 2021

शुक्रलाई इस्टर्न ओपन उपाधि

धरान (हाम्रो खेलकुद) – धरानकै स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ७१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ […]

December 28, 2021

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी अस्पतालमा

काठमाडौं (हाम्रो खेलकुद)– देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी एक साता यता अस्पतालमा उपचार गराइरहेका छन् । एथलेटिक्स प्रतियोगितामा प्रयोग हुने स्टार्टर पेस्तोल सफा गर्ने क्रममा बायाँ हत्केलामा चोट लागेपछि ७४ वर्षे केसी गत मंगलबार अस्पताल भर्ना भएका हुन् । गत शनिबार नेपाल भेटनरी एसोसिएनको आयोजनामा दशरथ रंगशालामा भएको रन फर प्रोटिन […]

December 28, 2021

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विजेता बन्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सन्जाल ट्वीटरबाट नेपाली टोलीलाई बधाई तथा थप सफलताको शुभकामना प्रदान गरेका हुन् । उनले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा […]

December 28, 2021

नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग दशरथ रंगशालामा दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । खेल सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । यो मैत्रीपुर्ण […]

December 28, 2021

श्रीलंका सेन्ट्रल जोनको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको च्याम्पियन बनेको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा मंगलबार भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्दै उपाधि हात पारेको हो । घरेलु टोलीले पहिलो पहिलो सेटमा श्रीलंकालाई दवाव बढाएपनि […]

December 28, 2021

अल्ट्रा धाविका मीरा रारा म्याराथनको सद्भावना दुत

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी रारा म्याराथनको सद्भावना दुत (गुडवील एम्वासडर) चयन भएकी छिन् । अन्तरालको आयोजना र व्यवस्थापनमा वैशाख ११ गते आयोजना हुने पुरुष तथा महिला फुल म्याराथनमा मीरालाई सद्भावना दुतका रुपमा सहभागिता हुने बताइएको छ । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, […]

Success

Thank you for your time.