January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ क्लबको महिला भलिबल टोलीका सफल पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको कोभिडका कारण शनिबार साँझ निधन भएको छ । नेपाल एपिएफ फुटबल क्लबका व्यवस्थापक समेत रहेका विष्टका समकालिन खेलाडी विजय केसीका अनुसार बलम्बुस्थित एपिएफ अस्पतालमा साँझ ६:५० बजे उनको मृत्यु भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोरोना संक्रमण भएपछि […]
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् । बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए । लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट […]
December 31, 2021
पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् ।एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेष्राज सुनार […]
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा […]
December 30, 2021
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् । त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहित एमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ र जितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंक जोड्दा पेम्बाले […]
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज (बिहीबार) स्वदेश फर्कदै छ । बंगलादेशमा मंगलबार सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम राम्रो भएको अवस्थामा टोली […]
December 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीसौं विनोय सरकार खुला कराते च्याम्पियनसिपमा सहभागी हुने २१ खेलाडीसहित २६ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकाता जाने भएको छ । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । […]
December 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए । प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश […]