default_image

अन्य

January 7, 2022

टाइम्स र रोयल उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित छन् । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल […]

January 7, 2022

१० किलोमिटर दौड हुने

काठमाडौं (हाम्रो खेलकुद) – माघको तेस्र्रो साता काठमाडौंमा १० किलोमिटरको केटिएम रन आयोजना हुने भएको छ । आयोजक शेर्पा आउटडोरको केटिएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौड १५ माघमा हुने जानकारी गराएको हो । केटीएम रनको पुरुष र महिलातर्फको विजेताले ट्रफीसहित समान १ लाख रुपैया प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक […]

January 6, 2022

साइपाल सफल

काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । साइपालले टाइम्सलाई ३८–२८ ले पराजित ग¥यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे । कपनको भंगालस्थित भ्याली पब्लिकद्वारा आयोजित प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेजले पनि सफलता पाए । सम्राट […]

January 6, 2022

गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बावजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित ग¥यो । कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले […]

January 6, 2022

बंगलादेश जाने म्याराथन टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा आयोजना हुन लागेको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२२ मा सहभागी हुने नेपाली म्याराथन टोलीलाई बिदाई गरेको छ । मन्त्रालयले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले तीन खेलाडी र एक प्रशिक्षकसहित चार सदस्यीय टोलीलाई सफलताको शुभकामासहित बिदाई […]

January 5, 2022

बाइकर लामाले ‘जिएचटी अन ह्वील्स्’ एक्लै राइड गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी अन ह्वील्स्) मा एक्लै माउन्टेन बाइक राइड गर्ने भएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै पुर्वमा कञ्चनजंघादेखि पश्चिममा हुम्लासम्म हिमालयको उच्च मार्गहरुमा फैलिएको १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल (जिएचटी) मा एक्लै सवारी राइड गर्ने योजना बनाएको हो […]

January 5, 2022

स्वर्ण विजेतालाई पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले ४ स्वर्ण जितेको […]

January 5, 2022

भ्याली पब्लिकको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित ग¥यो । भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारी र राहुल विकेले समान १५–१५ अंक जोडे । ट्रिनिटी इन्टरनेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज […]

January 5, 2022

टाइम्स र रोयल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् । चण्डोलस्थित बिशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित ग¥यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० […]

January 5, 2022

झिल्टुङ क्रसकन्ट्री दौड माघ दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड ८ माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए । ‘जे गरौं गज्जबले […]

Success

Thank you for your time.