default_image

अन्य

January 9, 2022

भ्याली पब्लिक र जेभियर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे । […]

January 8, 2022

दमक डोजाङ्ग झापा च्याम्पियन

उत्तम रिजाल, झापा दमक डोजाङ्ग प्रथम झापा जिल्ला स्तरीय अन्तर डोजाङ्ग आइटीएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । झापाको दमकमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण १३ रजत र २३ कास्य गरी कुल ४९ पदकका साथ दमक च्याम्पियन बनेको हो । दमकले पुरुषतर्फ ६ स्वर्ण, ७ रजत र १२ कास्य पदक प्राप्त जित्यो । महिलातर्फ ७ स्वर्ण […]

January 8, 2022

गण्डकी प्रदेश आर्चरीमा सुजन च्याम्पियन

विजय नेपाली, पोखरा म्याग्दीका सुजन पुन गण्डकी प्रदेश स्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । सुजनले शनिबार भएको पफाइनलमा म्याग्दीकै उमेश तिलिजालाई ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । सुजनले २५ हजार र उमेशले २० हजार रुपैयाँ प्राप्त गरे । सुजन पहिलो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै नकआउट चरण प्रवेश […]

January 8, 2022

खेलाडीलाई सम्मानसँगै न्यु डायमन्डलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ ले राष्ट्रिय भलिबल खेलाडी तथा फुटबल खेलाडीलाई नगदसहित सम्मानसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई टाइगर कप भलिबलको प्रतियोगिताको लागि बिदाई गरिएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का अध्यक्ष बाल मुकुन्द बिडारीले चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का राष्ट्रिय भलिबल खेलाडी (होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स […]

January 8, 2022

जुनियर अक्वाथलनमा टिशा र प्रारम्भ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फको उपाधि जितेका छन् । प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनेट ५६ सेकेन्डका साथ टिशाले र पुरुषतर्फ २३ मिनेट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् । महिलातर्फ आजमी […]

January 8, 2022

टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक […]

January 8, 2022

टाइगर कप भलिबलको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । टाइगर कप भलिबल पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा पौष २६ गतेबाट माघ १ […]

January 7, 2022

जुनियर अक्वाथलन शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा दोश्रो जुनियर अक्वाथलन प्रतियोगिता अन्तराष्ट्रिय खेल परिसर सातदोवाटो, ललितपुरमा भोलि शनिबार हुने भएको छ । २ किमि पौडी, ४ किमि दौड र १ किमि पौडीको दुरी रहेको अक्वाथलन प्रतियोगितामा ३० खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता निर्देशक शुभ श्रेष्ठले जानकारी गराएका छन् । […]

January 7, 2022

पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा केबी साम मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजनवापत केबी सामले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रालिका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष […]

January 7, 2022

भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक स्कुल प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो । भ्याली पब्लिकका साजन गुरुङ र कप्तान सक्रिय अधिकारीले […]

Success

Thank you for your time.