default_image

अन्य

February 11, 2022

पुष्प र चन्दुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुषमा पुष्पले ६।.० अंक तथा महिलामा चन्दुले ६.७६ अंक जोडे । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान […]

February 10, 2022

पूर्व अध्यक्ष शेर्पाको स्मृति बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा नेपाल बास्केटबल संघले खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा फागुन २ गतेबाट सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष भीमसिंह […]

February 10, 2022

लनटेनिस ५ खेलाडी श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताअन्तर्गत एसिया ओसिएना प्रि क्वालिफाइङमाभाग लिने भएका छन् । ५ खेलाडीसहित ६ सदस्यीय टोली शुक्रबार श्रीलंकाको कोलम्बो जाने नेपाल टेनिस संघले जनाएको छ । फागुन २ देखि ७ गते सम्म हुने प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र […]

February 10, 2022

पाँडेको अध्यक्षतामा नेस्पो गठन

काठमाडौं (हाम्रो खेलकुद) – तत्कालन सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष साम्राज्यविक्रम पाँडेको अध्यक्षतामा नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्धन प्रतिष्ठान(नेस्पो) गठन भएको छ । नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेस्पो गठन भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेस्पोमा खेलकुदसँग सरोकार व्यक्ति तथा संस्थाहरुको संग्लनता रहेको छ । धनगढी एफसीका […]

February 10, 2022

एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपिए स्पोर्टस अवार्डको १६ औं संस्करण अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको स्थानिय व्यवस्थापनमा हुँदै आएको अवार्ड यसपटक ललितपुरको गोदावरी नगरपालिकाको सहकार्यमा ब्रज बाराही मन्दिर परिसरमा आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको उपस्थितिमा आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बिहीबार पत्रकार […]

February 9, 2022

खेलकुद मन्त्रालयका सह सचिव पोखरेललाई राखेपको कार्यकारी अधिकार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्ती र बर्खास्त सम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण झण्डै दुई महिना देखि राखेप आर्थिक र प्रशासनिक रुपमा ठप्प छ । सर्वोच्चले सोमबारको लागि तोकेको पेसी पुनः अर्को मितिका लागि सरेपछि युवा तथा खेलकुद मन्त्रालयले आर्थिक र प्रशासनिक कामका लागि वैकल्पिक व्यवस्था गरेको छ […]

February 9, 2022

अम्पायर अर्याल मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप २०२२ मा अन्तर्राष्ट्रिय लाइन जजको रुपमा सहभागिता जनाउन नेपालबाट वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल त्यसतर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप मलेसियाको राजधानी क्वालालम्पुरमा १५ देखि २० फेब्रुअरीसम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा सहभागी हुनुअघि ६ दिन क्वारेन्टिनमा […]

February 9, 2022

मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । धरानमा एक कार्यक्रमकाबीच एलकन थापा मगरको अध्यक्षतामा मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको हो । समितिको उपाध्यक्षमा अशेस लिम्बु, सचिवमा नविन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र […]

February 8, 2022

पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी […]

February 7, 2022

सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीलाई नेकोसले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप च्याम्पियन महिला भलिबल टिमलाई […]

Success

Thank you for your time.