February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाईनल समिकरण पुरा भएको छ । पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर […]
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भोजपुरकी नङ्सल देवी तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबबी रशिला महर्जनले दोहोरो जित निकाल्दै लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तरगत महिला एकलतर्फको शीर्ष १२ भित्र क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरस्थित नखिपोट कभर्डहलमा मंगलबार भएको खेलमा शीर्ष वरियताकी नङ्सले समूह ‘ए’ मा एपिएफकी सुनयना मुखियालाई २१–१३ र २१–८ […]
February 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका र ड्रिम टिले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कीर्तिपुरले चारै क्वाटरमा अग्रता लियो । कीर्तिपुरले २५–२१, २३–१८, […]
February 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ । चार खेलाडीलाई दोश्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र प्रदान गरिएको हो । दोश्रो डानको प्रमाण पत्र पाउनेमा पारा ओलम्पियन पलेशा गोबद्र्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन् । पहिलो डानको प्रमाण […]
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको भएको छ । सोमबारदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा चैतमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटोमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाको अब आउने प्रमुखले नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्राप्त गर्ने खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । कार्यकारी अधिकार तोकिएको तीन दिनमै सह सचिव कमलप्रसाद पोखरेलको सुरुवा भएपछि राखेपको कार्यकारी अधिकार प्राप्त अधिकारीका लागि केहि दिन अझै कुर्नुपर्ने भएको छ । मन्त्रालयको खेलकुद […]
February 11, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– सातौं धारा नेपालगन्ज म्याराथनको समिक्षा गर्दै शुक्रबार साझेदारहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले साझेदारहरुलाई सम्मान गरे । नेपालगन्जस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख थापाले उपमहानगरपालिकाले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकतामा राखेको बताइन् । उनले नेपालगन्ज म्याराथनले सहरको ब्रान्डिङमा […]
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ११ औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । […]