default_image

अन्य

February 27, 2022

महासंघको बागमती प्रदेश कमिटीमा कार्कीको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि […]

February 27, 2022

४ सदस्यीय बक्सिङ टोली जोर्डनतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जोर्डनमा आयोजना हुने एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् । त्यसका लागि ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् । फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा […]

February 27, 2022

पल्सर स्पोर्टस अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७७ अर्को महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ८ गते आयोजना गर्ने जानकारी दिएको हो । मञ्चले आयोजना गर्न लागेको यो १८ औं संस्करण हो । यसपटक भने मञ्चले फरक ढंगले अवार्ड आयोजना गर्न लागिएको जनाएको छ । विगतमा […]

February 27, 2022

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा आगमी चैत अन्तिम साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता चैत २४, २५ र २६ गते तीन हुने जानकारी गराएको छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा […]

February 26, 2022

राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उप समितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेका छन् । उपाध्यक्ष कोईरालाले मस्यौंदा उपसमितिलाई धन्यवाद दिदै सवै कुराको अध्यायन गरेर नै मस्यौदा तयार […]

February 26, 2022

राजकुमारलाई एनसेल बाह्रखरी गल्फको उपाधि

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर […]

February 26, 2022

कौतिल्यलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – कौतिल्यले छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा कौतिल्यले लाइसियमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । लाइसियमका सक्सेस सेढाईं ‘म्यान अफ द म्याच’ घोषित भए […]

February 26, 2022

देउराली टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक देउराली डोजो दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियन बनेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले […]

February 26, 2022

सिमोन र पुष्पालाई केटीएम रनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – १० किलोमिटर केटीएम रनको उपाधि केन्याका धावक सिमोन किप्लागेट र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन् । पुरुषतर्फ केन्याली धावक सिमोन र महिलातर्फ भण्डारी विजेता बन्न सफल रहे । शनिबार काठमाडौंमा भएको दौडमा सिमोनले निर्धारित दुरी ३० मिनेट ५५ दशमलव ५७ सेकेन्ड र भण्डारीले ३६ मिनेट २० दशमलव […]

February 26, 2022

कृष्णले जिते प्रधानसेनापति खुला म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन् । खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । […]

Success

Thank you for your time.