March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी शिक्षा नापित र सेनाकी सिता पाठकले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिलातर्फ स्वर्ण जितेका छन् । शिक्षा नापितले महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण जित्ने क्रममा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गरिन् । एपिएफकी शुक घिसिङ र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाइन् । यस्तै शनिबारै भएको […]
March 5, 2022
दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले दमकमा आजदेखि सुरु भएको प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । डायमन्डले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । झापा दमकको पसुहाटमा शनिबार भएको रोमाञ्चक बनेको खेलमा डायमन्डले पहिलो १८–२५ ले गुमाएको थियो । डायमन्डले ७–११ […]
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण आफ्नो महत्वपुर्ण स्पाइकर सरस्वती चौधरीविनाको नेपाल एपिएफ क्लबले झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा हार बेहोरेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो । झापा दमकको पसुहाटमा शनिबार भएको पहिलो खेलमा पुलिसले पहिलो सेट २५–१६ ले […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस स्कुल छैटौं अर्किड कप सेभेन ए साईड अन्तराबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । शुक्रबार सम्पन्न फाईनलमा मनकामना स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै नेक्सस च्याम्पियन बनेको हो । नेक्ससका लागि तीनै गोल राज मगरले गरेका थिए । खेलको पहिलो मिनेटमा नै राजले गोल गर्दै […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १९औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८-०८-२४ को सदस्य सचिव स्तरिय निर्णय अनुसार ७ सदस्यीय कार्यदल […]
March 4, 2022
भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमीमा नगद पुरस्कारसहित आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो । देउराली डोजोले ९ स्वर्ण ६ रजत र […]
March 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षणमा दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छ । गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा ३२ खेलाडी प्रारम्भिक टोलीमा रहेका थिए । जसबाट मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो । […]
March 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले एनएनआईपिए खेलकुद पत्रकारिता पुरस्कार – २०७७ प्राप्त गरेका छन् । खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्याएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रमको दौरान खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरेको हो । ललितपुरको गोदावारी नगरपालिकास्थित बज्रवाराहीमा मंगलबार […]
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले […]
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दोकी पार्वती गुरुङ र ट्राइथोलनका हिमाल टमाटा एनएआइपिए प्रतिभाशाली खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा पार्वती र हिमाल प्रतिभावान खेलाडी चुनिएका हुन् । दुवैले अवार्डसहित समान ५० हजार रुपैयाँ प्राप्त गरे । […]