default_image

अन्य

September 3, 2024

भारतीय कप्तान जिनी मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको‌ छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जिनीको आगमनले टोलीको सेटर पोजिसन […]

September 2, 2024

इभाना र संयोग एसियाली टेबल टेनिसमा छनोट, नविता पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली‌ पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले ३ दिन छनोट प्रतियोगिताको आयोजना गरेको थियो । सोमबार सम्पन्न छनोटमा इभाना आ-आफ्नो विधामा अब्बल रहँदै छनोट […]

September 2, 2024

इडब्लुभिएलको मुख्य प्रायोजक वात्सल्य नेपाल

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा […]

September 1, 2024

ललितपुर क्विन्सको लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । टिम रुप्से स्पोर्ट्सको स्वामित्वमा रहेको ललितपुर क्विन्सले आइतवार लोगो सार्वजनिक गरेको हो। नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको ललितपुर क्विन्सले जनाएको छ । ललितपुर नेपाली […]

September 1, 2024

सफ्टवेरिका कलेजमा ‘रोबो वारियर्स लिग’ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले रोबो वार ब्याटल लिग सुरु गरेको छ । रोबो वारियर्स लिग २०२४/२५ नाम दिएर कलेजले आयोजना गरको ६ महिनासम्म चल्ने लिग सुरु आइतवार सुरु भएको छ । डिल्लीबजार स्थित कलेज परिसरमा सञ्चालन हुने लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा […]

September 1, 2024

सिड्नी भलिबल लिगमा विशाल सम्मिलित टोली दोस्रो

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ । सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२३ […]

August 31, 2024

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर […]

August 31, 2024

पलेशालाई ऐतिहासिक कास्य पदक, नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक

काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]

August 30, 2024

पलेशा कास्यको लागि एक जित टाढा, रिपाचेजको पहिलो खेलमा विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकका मात्र एक जित टाढा रहेकी छिन्। यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी […]

August 30, 2024

नेपाली क्रिकेट टोलीले श्रीलंकामा अन्तिम तयारी गर्ने

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा ३ अभ्यास खेल हुने बताएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र […]

Success

Thank you for your time.