March 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जय बहुमुखी क्याम्पसको आयोजनामा दोस्रो संस्करणको अन्तर कलेज (प्लस टु) जेएमसी कप सेभेन ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकेर्णेश्वर ४ माँकलबारीस्थित मनकामना फुटसलमा हुनेछ । सहभागिताका लागि १० चैतसम्म समयसीमा र १२ चैतमा खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । टिम सहभागिताको लागि ५ हजार शुल्क […]
March 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ) ले सन् २०२४ सम्मको लागि विश्वव्यापी रुपमा भलिबलका नियमहरु परिवर्तन गरेको छ । ३७औं फिभ विश्व कंग्रेसले यो नयाँ नियमलाई पारित गरेको हो । यो नियम १ जनवरी २०२२ बाट विश्वभर नै लागु भइसकेको छ । अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा एनभिए रेफ्री कमिसनका अध्यक्ष गौतमप्रसाद लासिवाले बुधबार […]
March 16, 2022
अर्जुन कार्की, बागलुङ कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार समुह ‘क’ को अन्तिम खेलमा गुठी युनाईटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती फाइलनमा प्रवेश गरेको हो ।गुठीले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा फाइनल पुग्ने मौका गुमायो । खेलको १२ औं मिनेटमा कर्नर बललाई हेडिङबाट गोल […]
March 16, 2022
धनगढी (हाम्रा खेलकुद) – टिकापुर बहुमुखी क्याम्पसले चौथो मेयर एसपिए कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पसलाई पराजित गर्दै टिकापुरले उपाधि जितेको हो । उपाधिसँगै टिकापुर बहुमुखी क्याम्पसले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमाञ्चल क्याम्पसले २५ हजार पाएको छ । कान्तिराज्यलक्ष्मी मावि पहलमानपुरलाई हराएर अत्तरियाको दुर्गालक्ष्मी तेस्रो […]
March 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बेल्जियन ओपन जि– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दैछ । चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा […]
March 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसंग सह–प्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । १८ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत […]
March 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ […]
March 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानोभ¥याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुगेको हो । द एक्सेल्सियर स्कुलसँग १–१ को […]
March 15, 2022
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बाल जीवन खेलकुद क्लबले लगातार दोस्रो र बागलुङ कालिका युवा क्लबले पहिलो जित निकालेका छन् । मंगलबार भएको समुह ‘ख’को पहिलो खेलमा बाल जीवन खेलकुद क्लबले विर गोर्खाली युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाल जीवनको लागि मोहन थापाले […]
March 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा ११औं पुर्णमान वज्राचार्य स्मृति केबी साम राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता चैत २१ गतेदेखि हुने भएको छ । कोरोना भाइरसको तेश्रो लहरका कारण स्थगित प्रतियोगिता चैत २१ गतेदेखि हुन लागेको हो । यसअघि प्रतियोगिता माघ १ देखि ८ गतेसम्म हुने तय भएको थियो । केबी साम अल्मुनियम […]