default_image

अन्य

March 19, 2022

प्रविन र सुवास सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अछामका प्रविन टमटा राष्ट्रव्यापी स्कुल व्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फको ४३ किलो तौल समुहमा जेसि एसका सुवास बस्नेतलाई अंकको आधारमा पराजित गर्दै टमाटालले अल्फाका सोनम पुन मगरसंग सेमिफाईनलमा भेट पक्का गरेका छन् । सोहि तौल समुहमा अल्फाका सोनमले फाईट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीको आधारमा पराजित […]

March 19, 2022

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बराल निर्वाचित

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बराल ९ मतको अन्तरले विजयी भएका हुन् । अध्यक्षका लागि भएको निर्वाचनमा बरालले २९ र उनका प्रत्यासी रञ्जन अधिकारीले २० मत प्राप्त गरेका थिए । अध्यक्षबाहेक अन्य सबै पद निर्विरोध भएको मञ्चले जनाएको छ । मञ्चको उपाध्यक्षमा […]

March 18, 2022

स्कूल बक्सिङको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता ५ देखि ७ चैतसम्म चल्नेछ । प्रतियोगितामा देशभरीका २२ जिल्ला, क्लब तथा स्कुलका १२ वर्ष देखि १४ वर्षभित्रका पुरुष तथा महिला […]

March 18, 2022

सोतोकान कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको […]

March 18, 2022

रिब्सलाई फुटसल उपाधि

काठमाडौं ((हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुललाई टाइब्रेकरमा स्तब्ध पार्दै रिब्स स्कुलल प्रथम स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्री गुरुकुलद्वारा आयोजित यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको शुत्रलबार भएको फाइनलमा रिब्सले आयोजक स्वस्तिश्री गुरुकुललाई टाइब्रेकरमा २–० ले हराउँदै उपाधि जितेको हो । सानो भ¥याङस्थित आफ्नै फुटसल मैदानमा सम्पन्न फाइनलमा स्वस्तिश्री गुरुकुलले निर्धारित […]

March 18, 2022

मन्डे र मुकुन्द्र सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत अक्टोबर २ र ३ मा जर्मनी सप्पन्न चेम्निज ओपन कराते प्रतियोगितामा एकल कातातर्फ स्वर्ण र ३५ बर्ष माथी स्वर्ण पदक बिजेता मन्देकाजी श्रेष्ठ तथा ७५ केजीतर्फ कास्यपदक र ३५ बर्षमाथि स्वर्ण पदक बिजेता मुकुन्द्र महर्जनलाई कर्मा कन्स्ट्रक्सनले सम्मान गरेको छ । सो कार्यक्रममा पदक बिजेता खेलाडीहरुलाई कर्मा कन्स्ट्रक्सन अध्यक्ष पुर्ब […]

March 18, 2022

महर्जन ललिपुर जिल्ला खेलकुद अध्यक्ष नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– करातेका पूर्व खेलाडी विनोद महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त भएका छन् । बागमति खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले महर्जनलाई शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । महर्जनले आइतबार पदभार ग्रहण गर्ने जानकारी दिए । महर्जन ललिपुर जिल्ल प्रमुख डोजोका महासचिव पनि हुन् । यसै महिना पूर्व प्रधानमन्त्री […]

March 17, 2022

भलिबलमा चितवनलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले बिहीबार जितेको छ । चितवन पुरुष- महिला दुवैमा च्याम्पियन बन्यो । बाग्मती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी घोषित भए । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल […]

March 17, 2022

जुनियर खुला कराते अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, छाउनी शाखा डोजो क्लबको आयोजनामा पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिता चैत ११ गतेदेखि हुने भएको छ । प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । पुरुष÷महिलामा ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । […]

March 17, 2022

कप्तान अरुणा र अभिनेता शाक्य बिच भलिबलको सद्भावना दुत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अभिनेता धिरेन शाक्यलाई यसै महिना पाल्पाको रानीमहलमा आयोजना हुने ‘सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल’ प्रतियोगिताको सद्भावना दुतमा नियुक्त गरिएको छ । बिच भलिबल पाल्पाको तानसेनस्थित रानीमहलमा चैत २४, २५ र २६ गते आयोजना हुदैछ । फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन […]

Success

Thank you for your time.