default_image

अन्य

September 5, 2024

अग्रवाल युवा मञ्चले खेल महोत्सव आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]

September 5, 2024

एपिएफ दुवैतर्फको उपाधिका भिड्ने

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबलमा एपिएफले दुवैतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। फाइनलमा एपिएफले महिलातर्फ टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लब र पुरुषतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरण बिहीवार सकिएको छ। […]

September 5, 2024

आयशा ललितपुर क्विन्सको गुडविल एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ । ललितपुरकी आयशाले सागमा तेक्वान्दोकी सफल खेलाडी मध्ये एक हुन्। एसियाली खेलकुदमा कास्य पदक जितेकी आयशाले सागमा समग्रमा ३ स्वर्ण र २ रजत पदक जितेकी‌छिन्। ‘ललितपुर […]

September 4, 2024

पलेशालाई कर कट्टा नगरी ६५ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्स नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन्। पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ […]

September 4, 2024

राष्ट्रपति पौडेलद्वारा पदक विजेता पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधवार आयोजित कार्यक्रमम पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पलेशाका प्रशिक्षक प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिइएको थियो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई […]

September 4, 2024

तीजको अवसरमा र्यापिड चेस हुने

काठमाडौं (हाम्रो खेलकुद)- हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ । र्यापिड चेसको एक दिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिनेछ । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूकाअनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ‘महिलाहरूको पर्व तीजको अवसरमा […]

September 4, 2024

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बुधवार स्वदेश फर्केकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो। महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । […]

September 3, 2024

अवकाशपछि शर्माको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- उमेर हदका कारण मंगलवार अनिवार्य अवकाश पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलवार बिदाइ गरिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । तालिम तथा प्रशिक्षण विभाग अलग्गै कार्यक्रम गर्दै शर्मालाई बिदाइ गरेको थियो । खेलकुद […]

September 3, 2024

लामाचौर भलिबलमा एपिएफको दोहोरो जित

पोखरा (हाम्रो खेलकुद)- पोखराको‌ लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलवार सुरु भएको छ । पहिलो दिन एपिएफ क्लबले‌ दुवैतर्फ जित निकाल्दा टिपटप न्युु डायमण्ड क्लब र नेपाल पुलिस क्लबले पनि‌ सफलता हासिल गरेका छन् । महिलातर्फ गण्डकीलाई‌ हराएको एपिएफले‌ पुरुषतर्फ ट्राभल इन्क्वाइरी गलकोटलाई समान ३–१ को सेटमा हराएको थियो। महिलातर्फ एपिएफले पहिलो सेट […]

September 3, 2024

पारालिम्पिक्सकी पदक विजेता पलेशाको सम्मानमा नगरपरिक्रमा गराइने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ। पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ । ८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक […]

Success

Thank you for your time.