March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई […]
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले पराजित ग¥यो । धादिङका कमला घले, रितु घले र सजिना राईले गोल गरे । दोलखाकी सम्झना पाण्डेले गोल फर्काइन् । दोश्रो सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई ४–१ गोलले हरायो […]
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं एसियाली जिजित्सु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहितको नेपाली जिजित्सु टोली शनिबार बहराइनको मानामा जाने भएको छ । चैत १४ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६९ केजीमा कोसिश श्रेष्ठ र ७५ केजीमा सन्तोष खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जिजित्सुमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाइएको छ । टिम […]
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर डोजोका रेहान जाभेद र देउराली डोजोकी कञ्चन नेपालीले पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा रेहान र महिलामा कञ्चन पहिलो भएका हुन् । फाइनलमा रेहानले घण्टाघर डोजोका सन्दिप राई तथा कञ्चनले घण्टाघरकै सुवेक्षा आले मगरलाई पछि पारे । नेपाल सितोरियो कराते […]
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्स दाहाल र प्रहरीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीका प्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र २१–७ तथा […]
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो । युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । […]
March 25, 2022
धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि लागि भिड्ने भएका छन् । शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटले पराजित […]
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत १८ र १९ गते सातदोबाटोस्थित तेक्वान्दो हलमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा […]
March 24, 2022
दिपक न्यौपाने, बुटवल शुद्धोधन गाँउपालिका नवौं फर्साटिकर कप फुटबल प्रतियोगिता शनिबार सुरु हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले जानकारी दिए । टाईगर्स बु्अरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग रहेको कुँवरले बताए । संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी […]
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी गोपाल भण्डारीले अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन् । गोपाल सहभागी समूहमा विभिन्न देशका आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा […]