default_image

अन्य

March 26, 2022

प्रदेश खेलकुदमा चितवन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । चितवनले […]

March 26, 2022

हक्कीमा आर्मी च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित शहिद रंगशालामा शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ७–१ ले पराजित गर्दै सेनाले उपाधिमाथि कब्जा जमाएको हो । सेनालाई उपाधि दिलाउँन राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन राना मगरले समान दुई तथा प्रदीप राजवंशीले एक गोल गरे […]

March 26, 2022

बागमती गाउँपालिकालाई मैत्रीपूर्ण फुटसलको उपाधि

ललितपुर (हाम्रो खेलकुद) – ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । कुमारिपाटीस्थित निरभाना स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई […]

March 26, 2022

दिपेश र रशिला च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१ र २१–१२ को अन्तरमा पराजित गर्दै उपािध उचालेका हुन् । पुलिसका जीवन आचार्य र बिष्णु […]

March 26, 2022

जुडोको सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५० जनाको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ […]

March 26, 2022

टिम ‘सी’ र ‘डि’ लाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टिम ‘सी’ र ‘डि’ ले प्रथम इन्ट्रा प्रिमियर स्पोर्ट्स एकेडेमी फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ‘सी’ जुनियर तथा ‘डि’ सिनियरमा पहिलो भए । प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको प्रिमियर स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको जुनियर फाइनलमा अबिम रोका मगरको कप्तानीमा रहेको टिम ‘सी’ ले टिम ‘बी’ लाई पराजित ग¥यो […]

March 26, 2022

क्षितिजलाई हेटौंडा मेयर कप रेपिड चेसको उपाधि

हेटौंडा (हाम्रो खेलकुद) – फिडे मास्टर क्षितिज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जित तथा दुईमा बराबरी गरेका क्षितिजले ६ अंक बनाउदै च्याम्पियन बनेको हो । उपाधिसँगै क्षितिजले नगद ५० हजार रुपैंया […]

March 26, 2022

मिड भ्याली अन्तर कलेज फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद) – मिड भ्याली इन्टरनेसल कलेजको आयोजनामा मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । चैत १९ गते एक दिन आयोजना हुने प्लस टु तथा ए लेभलको प्रतियोगितामा बढीमा २४ टोलीको सहभागिता रहने कलेजका बिजनेस डेभलप्मेन्ट मेनेजर बाबुराम कार्कीले जानकारी दिए । ज्ञानेश्वरस्थित मिड भ्यालीकै इन्डोर फुटसल मैदानमा हुने प्रतियोगितालाई […]

March 26, 2022

मुख्यमन्त्री कपमा आर्मीका मानबहादुर सर्वोत्कृष्ट

धनगढी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । कैलालीस्थित धनगढी रंगशालाको कभर्डमा शनिबार भएको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–२३,२५–२०,१८–२५, २५–२२ ले हराउँदै आर्मी च्याम्पियन बनेको थियो । आर्मीकी हरि अधिकारी उत्कृष्ट ब्लकर, हरिहजुर थापा उत्कृष्ट सेटर र जगतबहादुर सिंह उत्कृष्ट […]

March 26, 2022

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलमा आर्मी च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको धनगढी रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो । सुरुवाती दुई सेटमा २५–२३,२५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाएको थियो । चौथो सेटमा […]

Success

Thank you for your time.